१७ श्रावण २०७८, आईतवार

‘तिमी’



तिमी आयौं र पो, मेरो कहानी लाग्दा दिनहरू बदलिए,
सानो संसारमा रमेको मेरो मनलाई क्षितिज पारी पुराइदिए !!

तारा गन्दै अँध्यरी रातमा लर्बराएका ती पाईलाहरू मेरा बदलिए,
तिम्रो साथ अनि भोलि मेरा लागि देखेका तिम्रा सपनाले सुन्दर बिहानीको रोशन कुरिरहे !!

करोडमा तिमी एक भई आइदिँदा,
जीवनका हरपल वसन्त ऋतु झै लाग्न थाले,
तिम्रो मायाले ओतप्रोत हुँदा आज मलाई अरुले देखाएको माया फिक्का हुन थाले !! (२)

सुन्दर भविष्यको नक्सा लिई, मेरो सामु तिमी आयौं,
आज तिमी मेरो लागि अमुल्य हिरा बन्यौं, (२)

जीवनका हरेक घुम्तीमा तिम्रो साथको आवश्यकता छ मलाई,
तिमीसँग जोडिन पाउँदा, शान्त समुन्द्र झैं लाग्छ आफैलाई !! (२)

रिसमा पनि कति माया छ म प्रती तिम्रो, सुकोमल छ दिल,
सानो–सानो हाम्रो संसार मिली बन्दैछ बिशाल !! (२)

तिमी अब एक्लो छैनौं, तिमीसँग क्षितिज पारी तिमीलाई पुर्याउने सुन्दर दिल छ,
कस्तो अचम्म है ? हाम्रो सुकोमल मुटु एक अर्कामा बेस्सरी गाँसिएको छ !! (२)

भण्डारी जनप्रशासन कलेजमा प्राध्यापन पेशामा सङ्लग्न छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु