२० जेष्ठ २०८०, शनिबार

मन्त्रीमण्डल विस्तार, जसपाका राजेन्द्र महतो बने उपप्रधानमन्त्री



२१ जेष्ठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतो उप्रधानमन्त्री नियुक्त भएका छन् । वरिष्ठ नेता महतोसहित ८ जना मन्त्रीहरुले शुक्रबार (आज) साँझ ८ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागि भएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बनेको जसपा स्रोतले जनाएको छ ।

शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । अनिल झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

यस्तै चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।

जसपाले चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिकासहित दुई राज्यमन्त्री पनि पाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको