बहुरुपीया खुसी
खुसीका बेहद रङहरु छन् परेलीमा
झिमझिम गदैछन् प्रेमिल निशामा ।
बास्नादार जाही र जुहीको आँचलमा
मायाको बिघ्न फूलबारीमा
निख्खर मायाका धुनहरूमा
खुसीका गहिरा सुनखानीहरूमा ।
शीतल हावाको शालीन सङ्गीतमा
फराकिला धर्तीका जंघारहरूमा
काँचुली फेरेको समयमा ।
मायाका उत्कर्ष निर्बिघ्न मुस्कुराईरहेछन ।
बहकिने मनमा
आशिर्वादको महकमा
तिम्रो क्यानभासमा
बहुरुपीया खुसी प्रतिबिम्बित छ ।
प्रिय बालसखा ।