७ आश्विन २०७८, बिहीबार

मुख्यमन्त्रीका पूर्व प्रमुख स्वकिय सचिव खेम सिंहमाथि खुकुरी प्रहार



२१ जेष्ठ, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पूर्व प्रमुख स्वविय सचिव युवा नेता खेम सिंह (भिजन) लाई ज्यान लिने उद्देश्यले खुकुरी प्रहार गरिएको छ । नेकपा (माओवादी केन्द्र) का कालिकोट जिल्ला समितिका सचिवालय सदस्य र अनेरास्ववियू (क्रान्तिकारी) का पूर्व सचिव समेत रहेका सिंहलाई महावै गाउँपालिका वडा नं. ४ मा अराजक समुहद्वारा ज्यान लिने उद्देश्यले आक्रमण गरेको अनेरास्ववियु (क्रान्तिकारी) कालिकोट जिल्ला समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) ले जारी गरेको विज्ञप्ति अनुसार युवा नेता खेम सिंह, हिमालय मा.वि. डिल्लीकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रधानाध्यापक टोपबहादुर सिंह, प्रधानाध्यापक टक्कबहादुर सिंह जेष्ठ १८ गते महावै गाउँपालिका वडा नं. ४ मा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजनाहरू अनुगमन गर्न जाने क्रममा गुण्डागर्दी शैलीमा ज्यान नै मार्ने उद्देश्यले खुकुरी प्रहार गरिएको हो ।

साङ्घातिक आक्रमण गर्नेहरूमा महावै गाउँपालिका वडा नं. ४ निवासी अराजक मानसिकता बोकेका यज्ञ शाही, प्रकाश सिंह, तुलराज शाही र कालु भनिने महेन्द्र शाही लगायत रहेको अनेरास्ववियु (क्रान्तिकारी) कालिकोटका संयोजक मनसिंह शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संयोजक शाहीले अपराधमा संलग्न अपराधीहरूलाई तत्काल कानुनी कारवाहीका लागि जोडदार माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको