नेपालको चिनियाँ ताइपेईमाथि २–० को सानदार जित
२० जेष्ठ, काठमाडौँ । नेपालले एसियाली विश्वकप फुटवल छनौंट समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि बिहीबार सानदार २–० को जित हाँसिल गरेको छ । नेपालले जितसँगै एसिया कप छनौंट समीकरणमा आफ्नो बलियो चुनौती प्रस्तुत गरेको छ । यस जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ । त्यस्तै नेपालले समग्र छनौंटको चौथो स्थानका शीर्ष ४ टिमका लागि जोडदार चुनौती पेस गरेको छ ।
कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट ४ मिनेटमा पहिलो गोल गरे । ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा ह्यान्ड बल हुँदा नेपालले पेनाल्टी प्राप्त गरेपछि अञ्जन पेनाल्टीमा सजिलै गोल गरे । उनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो ।
प्रतिस्प्रर्धाको ८१ औं मिनेटमा नवयुग श्रेष्ठ दोस्रो गोल गर्न सफल भए। सुमन अर्यालले सटिक क्रस मिलाउँदा नवयुगले नजिकको दूरीबाट चलाखीपूर्ण उत्कृष्ट गोल गरे । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो ।
यस जितसँगै नेपालको दुई खेलबाट ६ अंक भएको छ । यसपल्टको विश्वकप छनौंटमा नेपालका यो दोस्रो जित हो । दुवै जित चिनियाँ ताइपेईविरुद्ध रहेको छ । चिनियाँ ताइपेईको भने छनौंटमा यो लगातार पाँचौं हार हो र शून्य अंक रहेको छ ।
एसियाली विश्वकप छनौंटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भइरहेको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनौंटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए । यसपछि नेपालले विश्वकप छनौंटका बाँकी खेलमा जोर्डन र अस्ट्रेलियाको सामना गर्नेछ ।