१९ श्रावण २०७८, मंगलवार

राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ !



अस्त र व्यस्त समाजै त्रस्त रमाउँछौं यसैमा
बेथिति अति बिगारेउ मति सङ्कट ल्याई यो देशमा,
भर र त्रास फैलाई यहाँ सबैलाई तर्साउँछौं
न्यायका हकी देशभक्तमाथि शब्दबाँण वर्षाउँछौं ।

षड्यन्त्र जाल बुनिन्छन् तिम्रा सामन्त साथमा
अधिकार छिन्छौं विधिलाई मिच्छौं अँधेरी रातमा,
अतृप्त तिम्रो सत्ताको भोक कहिले हो भेटिने
स्वाधिनतासँग स्वाभिमान भन्ने कहाँ हो भेटिने ?

विधि र विधान नैतिकता तिमीले के साह्रो मिचेको
कुर्सीको खेलमा स्वार्थको झेलाम चुर्लुम्मै डुबेको,
नक्कली कुरा फैलाई सधैं नठान टिकिन्छ
जनाधिकार मास्ने, राष्ट्रलाई नाश्ने गलेर नाश हुुुन्छ ।

रावल पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु