७ आश्विन २०७८, बिहीबार

संसार, सत्य र ज्वाला पञ्चकोशी


पं. तिलकप्रसाद रिजाल
२० जेष्ठ २०७८, बिहीबार

१.पृष्ठभूमि

संसार परिवर्तनशील छ । हामी बसेको विश्व ब्रह्माण्डमा समेत प्रत्यक्ष र अप्रत्यक्ष अनगिन्ती परिवर्तनहरू भएका छन् र भइरहने छन् । यो प्रकृतिको स्वभाव हो । खाली यस प्रकृतिको परिवर्तनशील स्वभावमा भने कुनै परिवर्तन हुँदैन । प्राकृतिक श्रृष्टिको एउटा सानो अंशका रूपमा पृथ्वी पनि पर्दछ । यस पृथ्वीमा काल, कर्म र स्वभावले तदनुरूप अनेकौं परिवर्तनहरू भएका छन् । हिमयुग, जलयुग, स्थावरयुग, जङ्गमयुग आदि युग, सत्य, त्रेता, द्वापर, कलि युग, मन्वन्तर–कल्प–ब्रह्मयुग आदि समयलाई आंशिक रूपमा वेदले परिभाषित गरेका छन् । तत् तत् युगमा वर्तमानमा अस्तित्वमा रहेका एसिया युरोपादि यी भूखण्डहरू यसै रूपमा थिएनन् । प्रशान्त आन्ध्रादि महासागरहरूको पनि अस्तित्व आजकै रूपमा थिएन । भारत, चीन, अमेरिका आदि देशहरूको अस्तित्वको त कुरै नगरौं । यी सबै प्रकारका नाम, रूप, आकृति र चिनारीहरू प्रकट हुँदै तथा विलीन हुँदै गरेका प्रमाण छन् । त्यस कारण प्रकृतिको यो परिवर्तनशील स्वभाव बाहेक नाम रूपात्मक जगत् नित्य निरन्तर परिवर्तन भई नै रहेको छ र भोलि पनि परिवर्तन भई नै रहने छ ।

हिजो भौतिक विज्ञानले जुन सिद्धान्तहरू माथि टेकेर जीवनको र जगतको जे जस्तो व्याख्या विश्लेषण गरेको थियो । कालक्रमले गर्दा आज त्यो विश्लेषण र व्याख्या गलत सावित भइसकेको छ । आज जसरी जीवन र जगतलाई वर्तमान विश्व मानवले बुझिरहेको छ । त्यो यस समयका लागि सत्य हुन सक्ला तर यो बुझाइ पनि सधैंका लागि र सबैका लागि सत्य हुन नसक्ला । प्रज्ञा चक्षुद्वारा अनन्त जगत् प्रवाहको यो स्वाभाविक स्थितिलाई चिन्ने जान्ने र देख्ने क्षमता राख्नेहरूले भनेका छन् नेहनामास्ति किंचन सर्वखलिवदं ब्रह्मः, तत्र कः शोकः को मोह एकत्वम् अनुपश्यतः

२.पञ्चकोशी क्षेत्रको ऐतिहासिकता
वर्तमान विश्व मानवको मानवीय चेतनाको उषा कालका श्रुतिशास्त्रका रूपमा वैदिक साहित्यको प्रार्दुभाव भयो । स्मृति भन्दा जेठो श्रुतिमा पनि ऋग्वेदको एउटा उपाख्यान अनुसार उपनिषद् भनिने एक प्रसङ्गमा जसरी जीवन र जगतको व्याख्या गरिएको छ सो प्रसङ्ग अत्यन्त मार्मिक, साहित्यिक, वैज्ञानिक छ जो आजसम्मका मनीषीहरूद्वारा अकाट्य सत्य रूपमा हुँदै आएको देखेर म आश्चर्यमा पर्दछु ।

कारण, करण र क्रियाका रूपमा प्रकट हुन चाहेको त्यस जगत् बीजलाई नै जीवन (आत्मा) भनिएको छ । सो अनिर्वचनीय अनाम अरूप अनादि अनन्त आत्मामा तीन गुण (सत्, चित् र आनन्द) स्वभावका रूपमा नै रहेको हुँदा उसले आफूलाई निरावरण राख्न चाहेन । अतः उसले आफैलाई क्रमशः आनन्दमय कोष, विज्ञानमय कोष, मनोमय कोष, प्राणमय कोष र अमृतमय कोषद्वारा आवृत गरेर जीवन र जगतका रूपमा प्रकट गर्यो । तसर्थ नेहनानास्ति किञ्चन । स जीवो पञ्चकोशीय: ।

जब आकाश थिएन, धर्ती थिएन, वायु थिएन, जल थिएन, ग्रह, नक्षत्र, तारा पनि थिएनन्, धर्म र अधर्म, सत्य र असत्य, उज्यालो र अँध्याँरो, सुख र दुःख, चिसो र तातो यस्ता कुनै छन्द थिएनन्, समय पनि थिएन । त्यस अवस्थामा एक मेवा द्वितीय सो थियो । सो (ॐ तत् सत्) न सानो थियो न ठुलो, न नाम थियो न रूप थियो, न आकृति थियो न तौल थियो । यी सम्पूर्ण लक्षणहरू भन्दा पृथक् विलक्षण, अथक अनिर्वचनीय अनादि अनन्त असिम स्व प्रकाश । (उ) (तत्) (सः) एकाकीन रमतः एकोऽहंबहुश्याम इतिः अकामयत् । उसले प्रसन्न हुन सकेन त्यसकारण आफ्नै प्रसन्नताका लागि म एकबाट अनेक रूपमा अभिव्यक्त हुन्छु । यस्तो इच्छा उसले गरेर ॐ रुपं रुपं प्रतिरुपो वभूवः । हेर्दा हेर्दै अनन्त रूपमा प्रकट भयो । कारण, करण र क्रियाका रूपमा प्रकट हुन चाहेको त्यस जगत् बीजलाई नै जीवन (आत्मा) भनिएको छ । सो अनिर्वचनीय अनाम अरूप अनादि अनन्त आत्मामा तीन गुण (सत्, चित् र आनन्द) स्वभावका रूपमा नै रहेको हुँदा उसले आफूलाई निरावरण राख्न चाहेन । अतः उसले आफैलाई क्रमशः आनन्दमय कोष, विज्ञानमय कोष, मनोमय कोष, प्राणमय कोष र अमृतमय कोषद्वारा आवृत गरेर जीवन र जगतका रूपमा प्रकट गर्यो । तसर्थ नेहनानास्ति किञ्चन । स जीवो पञ्चकोशीय: ।

सो पञ्चकोशीय आत्माको पहिलो कोषको नाम आनन्दमय कोष भनेर उल्लेख गरिन्छ । स्वरूप बोधजन्य अनिर्वचनीय कैवल्यानुभूति तत्वद्वारा निर्मित त्यो आत्माको पहिलो आवरण थियो । त्यो प्रथम आवरणले मात्र उसलाई ढाक्न सकेन । त्यसकारण क्रियात्मक गुणले युक्त सक्रिय विज्ञान तत्वबाट उसले दोस्रो कोष निर्माण गरी आफैलाई आवृत गर्यो । त्यो दोस्रो कोषको सक्रियताबाट उत्पन्न उछालहरू नै सङ्कल्प, विकल्प, स्मृति र निश्चय चार तत्वका रूपमा आए । यीनै चार तत्वलाई मन, बुद्धि, चित्त र अहङ्कार भनिन्छ । यी चार तत्वद्वारा उसले आफ्नो तेस्रो आवरण यानी कोष बनायो । यसैलाई मनोमय कोष भनिन्छ । अस्तित्व बोध रूप अहङ्कारका साथ रहेका सङ्कल्प विकल्पका कारणले उत्पन्न प्राण तत्व (प्राण, अपान, व्यान र उदान, समान, एवम् कृकल कच्छप, कुर्म, देवदत्त, धनञ्जय) बाटै उसले चौथो प्राणमय कोष धारण गर्यो । जसरी हामीहरू हाम्रो शरीरमा वस्त्र धारण गर्दछौं त्यसरी नै उसले ती चार कोष धारण गरिसकेपछि पनि उसले आफैलाई आफैसँग उपगुहन (ढाक्नु) गर्ने इच्छा गर्यो । त्यसपछि मात्र पञ्च तत्व (पृथ्वी, जल, तेज, आकाश र वायु) द्वारा ढाकियो । त्यसकारण यो जगत् बीज (जीव, आत्मा) अन्नमय कोषभित्र प्राणमय कोष भएर, प्राणमय कोषभित्र मनोमय कोष भएर, मनोमय कोषभित्र विज्ञानमय कोष भएर, विज्ञानमय कोषभित्र आनन्दमय कोष भएर बस्दछ । यी पाँचै कोष हुँदाहुँदै पनि यी पाँचदेखि भिन्न छ त्यो । यही नै समग्र जीवनको र जगत्को मूल स्रोत हो यसबाट पृथक् केही छैन, कोही छैन । यसैले आफ्ना लागि आफैबाट आफैमा सत् असत् उज्यालो अँध्यारो, सुख दुःख, जड चेतन रूपी नाना द्वन्द्वहरू प्रकट गरी सबैलाई अस्तित्व दिएको छ । त्यसकारण सबैको सम्पूर्ण अस्तित्व उसैमा टिकेको छ । नाम र रूप नरहेको अवस्थामा उसैमा नै एकाकार भएर समग्र जीवन र जगत् लीन हुन्छ । एकाकार अभेद र निराकार ।

उपर्युक्त पञ्चकोशीय आत्माले नै आफैमा आफ्नै लागि दिशा, काल, नाम, रूपका सिर्जनशील चार मुख धारण गरेर व्यक्त जीवन र जगतलाई सञ्चालन गरिरहेको छ । यही नै समग्र वैदिक दर्शनको सार संक्षेप हो । ब्रह्मा, विष्णु र रूद्ररूपी नाम र उत्पत्ति, स्थिति र संहार रूपी काम प्रकट हुनु भन्दा पहिले नै सबैको परम अस्तित्व रूप त्यो ब्रह्म (ज्वाला) मात्र थियो । अहिले अनन्तानन्त नाम र रूपमा त्यही नै ब्रह्म (ज्वाला) जसलाई वेदले ॐ भनेर तत् भनेर अथवा सत् भनेर सम्बोधन गरेको छ । सबै तर्फ अभिव्यक्त भइरहेछ । त्यही परम तत्व नै जब निश्चित रूपमा देश, काल, नाम र रूपहरू सबै विनष्ट हुन्छ त्यस बेला बाँकी रहन्छ अरू केही र कोही नरहेको बेला पनि रही रहने भएर नै त्यो सत् हो । अनादि अनन्त असीम अनिर्वचनीय ।

शिवले स्थापना गरेको पञ्चकोशी धाम छ । नेपाल राष्ट्र जो सत्ये सत्ये वती प्रोक्ता त्रेतायां च तपस्थली । द्धापरे मुक्ति सोपाना कलौ कलौ नेपालीका पुरी (स्कन्द पुराण हिमवत्खण्ड) । सत्ययुगमा सत्यवती त्रेता युगमा तपस्थली द्वापरमा मुक्ति सोपान र कलीमा नेपाल भूमि प्रख्यात छ त त्यसैको एक पावनतम् वैदिक स्थानलाई पञ्चकोशी वैश्वानर क्षेत्र निर्धारित गर्नु भयो अन्नमय कोशका रूपमा सिद्धेश्वर (तल्लो डुङ्गेश्वर), प्राणमय कोशका रूपमा पादुका (श्रीचरण), मनोमय कोशका रूपमा धुलेश्वर, विज्ञानमय कोशका रूपमा नाभिस्थान र आनन्दमय कोशका रूपमा शिरस्थान यी पाँच धामहरूको प्रथम स्थापना र पूजन शिवद्वारा नै गरिएको हो ।

यसै वैदिक दर्शनको भौतिक निर्वचन गर्ने उद्देश्यले जगतका आदि गुरू (जसलाई वेदले नै ईशानः सर्व विधानां ईश्वरः सर्वभूत्ँँनाम् ब्रह्माधिपति ब्रह्मणोधिपति (सामवेद) ।) शिवले स्थापना गरेको पञ्चकोशी धाम छ । नेपाल राष्ट्र जो सत्ये सत्ये वती प्रोक्ता त्रेतायां च तपस्थली । द्धापरे मुक्ति सोपाना कलौ कलौ नेपालीका पुरी (स्कन्द पुराण हिमवत्खण्ड) । सत्ययुगमा सत्यवती त्रेता युगमा तपस्थली द्वापरमा मुक्ति सोपान र कलीमा नेपाल भूमि प्रख्यात छ त त्यसैको एक पावनतम् वैदिक स्थानलाई पञ्चकोशी वैश्वानर क्षेत्र निर्धारित गर्नु भयो अन्नमय कोशका रूपमा सिद्धेश्वर (तल्लो डुङ्गेश्वर), प्राणमय कोशका रूपमा पादुका (श्रीचरण), मनोमय कोशका रूपमा धुलेश्वर, विज्ञानमय कोशका रूपमा नाभिस्थान र आनन्दमय कोशका रूपमा शिरस्थान यी पाँच धामहरूको प्रथम स्थापना र पूजन शिवद्वारा नै गरिएको हो । जो अद्यावधि वैदिक विधिले हुँदै आएको छ । सो अनुपम स्थान दैलेख जिल्लाको मध्ये भागमा कर्णाली र पद्मावतीको मध्यमा भैरवीद्वारा अभिसिञ्चित हुँदै अवस्थित छ । यही नै पञ्चकोसीका पाँच धाम हुन् ।

शिवो वेदाः यस वैदिक निर्वनद्वारा शिव भनेकै वेद हो । अतः वेद विहित यस उपासना चिन्तन मनन र दर्शनको अविच्छिन्न परम्पराको आज पनि येन केन प्रकारेण निर्वाह गरिएकै छ । सारा संसारले संसारको जेठो साहित्य ऋग्वेद “अग्निेमिडे” भनेर अग्निज्वालाको प्रशंसाबाट प्रारम्भ हुनु, वेदको सर्वश्रेष्ठ सार मानिएको सामवेद पनि “अग्न आयाहिवीतये” भन्ने श्रुति मन्त्रबाट आरम्भ हुनु, सबै कर्मको नियमक र निर्देशक मानिने यजुर्वेद “इषेत्वज्र्येत्वा” भनेर ऊर्जा (प्रकाश) शक्ति आफ्ना श्रेष्ठतम् कर्ममा उत्प्रेरक तथा सिद्धिप्रद मानेर प्रारम्भ गरिनु र सर्वाधिक लोक व्यवहारमुखी मानिने अथर्ववेद “अग्निसोमात्मकं जगत्” भन्दै दृश्य संसारलाई अग्निे सोमात्मक ठम्याउनुले चारै वेदले अग्नि अथवा वैश्वानर ज्वालालाई उपास्य –ॐ तत् सत् को व्यक्त प्रतीक स्वीकार गरिएको तथ्य घाम जस्तै छर्लङ्ग छ । यसैले जेष्ठ र श्रेष्ठ धाम यो तेजोमय धर्मस्थल वैश्वानर क्षेत्र हो । यसको बराबरी गर्न सक्ने कुनै तीर्थ स्थल कुनै क्षेत्र र कुनै धाम संसारमा अर्को छैन भन्ने तथ्य चारै वेदले प्रमाणित गरेको तथ्य हो । यस धामको दर्शन, पूजन, हवन, अधिवासन, दान र परिक्रमाको वैदिक परम्परा आफैमा अनुपम छ र अज्ञात कालदेखि हालसम्म आफ्नै विधिले चलेको छ ।

पौराणिक साहित्य (स्कन्द महापुराण, शिव महापुराण, ब्रह्म वैवर्त महापुराण, श्रीमद्भागवत् महापुराण, देवी भागवत् महापुराण, भविष्य महापुराण, पद्य महापुराण आदि) हरूमा उल्लेख भए अनुसार यो श्रृष्टिको प्रारभ्मिक काल (आजभन्दा ६ मन्वन्तर, २७ चतुर्युगी, तीन युग र पाँच हजार एक सय सत्र वर्ष अर्थात् २,४९,८५,९७,११७ वर्ष पहिले स्वयम्भू मन्वन्तरको प्रथम युग) मा दक्ष प्रजापतिकी जेठी छोरी सती देवीको जन्म र वाल्य जीवन यसै पञ्चकोशीको पावन धाममा पल्लवित र पुष्पित भएको वर्णन छ । सतीको महादेवससँग विवाह भएको स्थान (बेहुली–महाभू) मा प्रजापति दक्षले सर्वप्रथम सर्वजित यज्ञ गरेको (गंगाद्वार, हरिद्वार) पावन भुमि यसै हिमवत् प्रान्तमा रहेको छ । प्रथम मनु स्वयम्भूद्वारा आफ्नी तीन छोरी आकुति, देवहुति र प्रसूति (दक्षपत्नी) को विवाह पनि यसै पावन भूमिमा सम्पन्न गरेको वर्णन पनि पुराणमा छ । दक्ष पत्नी प्रसूतीको गर्भबाट जन्मिएकी प्रथम सन्तान सतीको विवाह महादेवसँग भएको र वैवाहिक जीवनको प्रारम्भिक लीला बिहार भूमि बन्ने सौभाग्य पनि यसै पञ्चकोशी धामलाई प्राप्त भयो । पछि दक्ष र महादेवको बीच उत्पन्न वैमनस्यका कारण आफ्ना बाबुद्वारा गरिएको महादेवको अपमान सहन नसकी दक्षको यज्ञस्थलमा सतीले देह त्यागेको, सतीको विरहमा पागल शिवजीले सतीको प्राणहीन शरीर बोकर अलाप बिलाप गर्दै दीग् दीगन्त परिभ्रमण गरेको, उक्त शरीर कालान्तरमा खण्ड खण्ड भई पृथ्वीमा यत्रतत्र खसेको र प्रत्येक विखण्डित शरीरांशबाट शक्तिपीठ स्थापित गरी स्वयम् महादेवले उपासना गरेको कुरा पुराणले मुक्त कण्ठले गान गरेका छन् । ती अनन्त पीठहरूमध्ये हाम्रो देशमा गुह्येश्वरी, शैलेश्वरी, त्रिपुरासुन्दरी, वागीश्वरी, वृन्दासैनी, वडीमालिका मौलाकालीका, गोरखकाली (मनकामना), दक्षिणकाली, भद्रकाली, रक्तकाली, दन्तकाली आदि सयकडौं शक्तिपीठहरू रहेका छन् । तीमध्ये शैलमालीका (छिउडी, दैलेख) शक्तिपीठ हाम्रै पञ्चकोशीमा पर्दछ । आफूसँग सतीको शरीर शेष नरहेको अवस्थामा महादेवले स्थाणु (गाडेको किलाझैँ) भएर जमिनमा समाधि लगाएको स्थान सिद्धाचल पर्वत समेत यही रहेको छ । शिवले समाधि लगाएको दीव्य वाह्र हजार वर्ष पछि त्रिपुरासुरले समग्र देव संस्कृति मेटाएर असुर संस्कृतिको स्थापना गर्न लाग्दा अत्तालिएका शतक्रतु (इन्द्र) आदि देवताहरुले यसै दुर्लङघ्य पवर्तनमा आई महादेवलाई समाधिबाट वहिर्मुख गर्न प्रयत्न गर्दा महादेवको तेस्रो नेत्रबाट मन्मद्रनामा ज्वाला उत्पन्न भई कामदेवको भष्म भएको प्रसङ्ग बहुचर्चित छ । त्यस अमर ज्वाला हिमालयको प्रान्तमा फैलिएर जीवन जगत् समाप्त हुन लाग्दा स्वयम् महादेवले नै आफ्नो दक्षिण हातले समेटी भूगर्भमा दबाएको र दबाएका स्थानमा अन्तर्निहित ज्वाला नै (कालाग्नि रूद्र रूप) अमर भएकाले वर्तमान सृष्टि रहँदासम्म रही रहने तथ्यको वर्णन पुराणहरूमा कतै विस्तारले त कतै संक्षिप्त रूपले गरिएको छ ।

३. पञ्चकोशी क्षेत्रको परिक्रमा विधि

दैलेख जिल्लाको दुल्लुमा अवस्थित यो परम पावन वैश्वानर धाममध्ये धुलेश्वर धामलाई केन्द्र मानेर त्यसैको पूर्वमा ५ कोश, पश्चिममा ५ कोश, उत्तरमा ५ कोश र दक्षिणमा ५ कोश गरी जम्मा २० कोशको क्षेत्र नै पञ्चकोशी क्षेत्र हो यसको परिक्रमा गर्ने वैदिक विधि छ । पुण्य प्राप्ति र पाप निवारणका लागि ५ दिवशीय परिक्रमा, देव प्रतिष्ठा, देव दर्शन र दिव्य शक्ति प्राप्तिका लागि ९ या ११ दिने परिक्रमा, असाध्य शारीरिक र मानसिक रोग निवारण र ज्ञान वा मोक्ष प्राप्तिका लागि १५ दिवशीय परिक्रमा, कुल वंशको सुधारका र पितृ उद्धारका लागि २१ वा २५ दिवसीय परिक्रमा, जगत् कल्याण, राष्ट्र कल्याण र आत्म कल्याणका लागि ३१ दिवशीय परिक्रमा गर्ने विधान छ ।

दैलेख जिल्लाको दुल्लुमा अवस्थित यो परम पावन वैश्वानर धाममध्ये धुलेश्वर धामलाई केन्द्र मानेर त्यसैको पूर्वमा ५ कोश, पश्चिममा ५ कोश, उत्तरमा ५ कोश र दक्षिणमा ५ कोश गरी जम्मा २० कोशको क्षेत्र नै पञ्चकोशी क्षेत्र हो यसको परिक्रमा गर्ने वैदिक विधि छ । पुण्य प्राप्ति र पाप निवारणका लागि ५ दिवशीय परिक्रमा, देव प्रतिष्ठा, देव दर्शन र दिव्य शक्ति प्राप्तिका लागि ९ या ११ दिने परिक्रमा, असाध्य शारीरिक र मानसिक रोग निवारण र ज्ञान वा मोक्ष प्राप्तिका लागि १५ दिवशीय परिक्रमा, कुल वंशको सुधारका र पितृ उद्धारका लागि २१ वा २५ दिवसीय परिक्रमा, जगत् कल्याण, राष्ट्र कल्याण र आत्म कल्याणका लागि ३१ दिवशीय परिक्रमा गर्ने विधान छ । पहिलो ५ दिवशीय परिक्रमा सिद्धेश्वर धामबाट प्रारम्भ हुन्छ । पहिलो दिनमा सिद्धेश्वर धाममा नै बास बसी क्षौर स्नान, गोदान आदि कर्म गरी एक भक्त रही दोस्रो दिनको परिक्रमा गर्ने सङ्कल्पका साथ त्रिवेणीमा स्नान गर्नु पर्दछ । स्नान पछि अग्निस्थापनको विधिले हवन गरी श्री दुग्धेश्वर शिवलिङ्गमा गाईको दूधद्वारा अभिषेक गर्ने, पूजन गर्ने र कम्तीमा पनि एक जना ब्राह्मणलाई भोजन गराई महाकालको दर्शन पूजन सम्पन्न गरी स्वामी कार्तिकको तपस्थली (लामादुवाला) पुग्नु पर्दछ । दोस्रो दिन कर्णाली र भैरवीको संगममा स्नान गरी स्वामी कार्तिकको दर्शन, पूजन, हवन र ब्राह्मण भोजन गरी योनीगुफा, गर्भगुफाको दर्शन गरी भोजन गर्नु पर्दछ । त्यसै दिन साँझमा श्री हरिहर क्षेत्र चरण पादुकामा दर्शन पूजन गरी भैरवी स्नान पूर्वक श्रीहंश ज्वालाको दर्शन हवन एवम् भोजनादी कार्य गरी सांयकालमा बास बस्न वशुधारा निकट (भैरवीकुण्ड) पुग्नु पर्दछ । तेस्रो दिनको परिक्रमाको आरम्भ भैरवी कुण्डस्नान, शिवशिवाको पूजा र ब्राह्मण भोजन र शिखर मालिकाको दर्शन गर्दै बाण गंगा–ब्रह्मकुण्ड–विष्णुकुण्ड र रूद्रकुण्डको जल अभिषेक गरी श्रीधुलेश्वर धाममा पुगी विश्राम गर्नु पर्दछ । चौथो दिनमा ब्र्रह्मकुण्ड स्नान गरी श्री धुलेश्वरमा पूजन, हवन, अभिषेक, ब्राह्मण भोजन र यथाशक्ति सुवर्ण दान गरी भोजनोपरान्त शिवलिङ्गी उध्र्वमुखी गंगा, दुर्लभ गुफा, श्वेतरेणे पर्वत, सती पिपल, ऋण मोचिनी, पाप मोचिनी आदिको दर्शन पूजन गर्दै नाभीस्थानमा आई बास बस्नु पर्दछ ।

पाचौंँ दिनमा रसायन कुण्ड स्नान र रसायन पान गरी इन्द्रीय ज्वाला नाभीज्वालाको दर्शन पूजन र तील होम, ब्राह्मण भोजन गराई भृगुतुंग आदि केदार क्षेत्रको दर्शन गर्दै श्री कालाग्नि रूद्र, चक्षुज्वाला, नासाज्वाला र बढीज्वालाको दर्शन पूजन, सुवर्णदान र भोजन पश्चात् ललाट ज्वाला र दक्षिण ज्वालाको दर्शन पूजन गरी कोटेश्वरमा पुगी त्यसै दिन ध्वजा रोपन, हवन अभिषेक र दान गरी यात्रा सम्पन्न गर्नु पर्दछ ।

एवम् प्रकारले देव प्रतिष्ठाका लागि देव दर्शन र दिव्य शक्ति प्राप्त गर्नका लागि ९ वा ११ दिवशीय पञ्चकोशी परिक्रमाको विधान छ । यो यात्रामा श्री बाणगंगा स्नानपूर्वक धुलेश्वर धाममा बास बसी यात्राको आरम्भ गर्नु पर्दछ । पछिल्लो दिन प्रातः ब्रह्म कुण्डमा स्नान गरी शिव पूजन हवन रूद्राभिषेक ब्राह्मण भोजन, गरी भैरवीमा पुग्नु पर्दछ । दोस्रो दिन भैरवी कुण्ड वसुधारा स्नान शिव गौरी पूजन हवन, भोजन दान, गरी श्रीशैल मालिकाको दर्शन गर्दै पूजन शिवलिङ्गमा आई सिद्धासनको दर्शन गर्दै बास बस्नु पर्दछ । तेस्रो दिन पाताल गंगा स्नान गरी क्षेत्रपालको दर्शन पूजन गर्दै क्षिरगंगा (कोइराला गाउँको शिरानमा गल्लापानी भन्ने स्थानमा छ) मा स्नान गरी शिवपूजन र भोजनको कार्य समापन गरी ब्रह्मकुण्ड, सती पीपल, श्वेतरेणु पर्वत, ऋणमोक्ष, पाप मोचिनी रसायन कुण्ड इन्द्रिय ज्वालाको दर्शन गरी नाभीस्थानमा बास बस्नु पर्दछ । चौथो दिन रूद्र गंगामा स्नान र रसायन कुण्डमा मार्जन गरी प्रथम इन्द्रिय ज्वालाको दर्शन पूजन गरी अनि नाभीज्वालाको पूजन र घृत तील हवन गरेर प्रेत शिला, मोक्ष शिला पूजा पछि गणेशको पूजा र दर्शन गर्ने परम्परा रहेको छ । यहाँ ब्राह्मण भोजन, सुन दान र भण्डाराको ठूलो महिमा रहेको छ । यी कार्य सम्पन्न गरेपछि आफूले भोजन गरी भृगुतंग र आदि केदारको दर्शन गर्नु पर्दछ । त्यो दिन नाभीस्थानमा नै बास बस्नु पर्ने विधान छ । पाचौं दिनमा रसायन कुण्डमा स्नान र विधिपूर्वक रसायन पान गरी पूनः ज्वालाजीको दर्शन पूजन र तीलको हवन गरी त्यहाँबाट दक्षिण तर्फ रहेको रूद्रावती नदीको किनारामा अवस्थित शिवकुण्ड, ब्रह्मकुण्ड, अग्नि कुण्डको दर्शन गर्दै कालाग्नी, रूद्र र नासा ज्वालाको दर्शन गरी त्यही बास बस्नु पर्ने हुन्छ ।

छैटौं दिनमा रूद्रावती र पद्मावतीको सङ्गममा स्नान गरी स्वर्णभूमि मोक्षशिलाको दर्शन पूजन गरी शिर ज्वाला (बडी ज्वाला) को दर्शन, पूजन, गाईको घिउ मिश्रित तीलको हवन, रूद्राभिषेक, सप्तसती चण्डी पाठ ब्राह्मण भोजन, साधु सन्तहरूलाई भण्डारा दिएर यजमानले भोजन गरी रात्रिमा त्यही विश्राम गर्ने । सातौं दिनको कर्ममा त्रिवेणीमा जाने स्नान गरी कालाग्नि रूद्रमा जौ तिलको हवन र ललाट ज्वाला र चक्षु ज्वालाको दर्शन गर्ने विधि छ । सिद्धाचललाई दक्षिणावर्त पारी कोटेश्वर शिवालयमा बास बस्न जानु पर्दछ । आठौं दिनमा सिद्धगंगा र पद्मावतीको सङ्गममा स्नान गरी कोटेश्वरको अर्ध परिक्रमा गरी कोटिलिङ्गमा सेतो, रातो र पहेलो ध्वजा अर्पण गर्ने तत्पश्चात् शिवलिङ्गलाई पञ्चामृत स्नान गराई पूजन गरी अभिषेक गर्ने ब्रह्मणहरूलाई भोजन दक्षिणा, दान आदि सबै कार्य समापन गरी माधव पर्वतको दर्शन गर्ने मालती गंगालाई दाहिना पारी पद्मावती र इन्द्रावतीको सङ्गममा (चुप्रा) आई जलाभिषेक गरी काल भैरवको टाढैबाट दर्शन पूजन गरी श्री दुग्धेश्वर (माथिल्लो डुङ्गेश्वर) मा बास बस्नु पर्दछ ।

नवौं दिनमा पद्मावती र वरुणा नदीको संगमा स्नान गरी डुङ्गेश्वरको दर्शन, दान, पूजन, भोजनादि कार्य गरेर श्रीसिद्धेश्वर धाममा जानु पर्दछ । सिद्धेश्वरको (तल्लो डुङ्गेश्वर) को दर्शन पूजन गरी त्यो दिन त्यही स्थानमा बास बस्ने गर्नु पर्दछ । दशौं दिन त्रिवेणी स्नान, गर्भगुफा दर्शन गरी चरण पादुकामा आएर बस्नु पर्दछ । एघारांै दिनमा हरिहरको हंशज्वाला दर्शन ब्राह्मण भोजन हवन आदि गरी धौम्याश्रम पुगी दर्शन पूजन र हवन गरी वालवीर हनुमान र नृसिंहको दर्शन पूजन पछि सिद्धाचल समिपमा धर्मगद्धिमा आई बास वस्ने गर्नु पर्दछ । यस यात्रामा विकल्पका रूपमा शिवलिङ्ग (भैरवी) र डुङ्गेश्वर (माथिल्लो) बास नबसी नौ दिनमा नै यात्रा सम्पन्न गर्न सकिन्छ ।

पञ्चकोशीको १५ दिने परिक्रममा भैरवीबाट प्रारम्भ हुन्छ । यसलाई संक्षिप्तमा उल्लेख गर्न सान्दर्भिक हुने भएकाले अरू विधान यथावत् नै हुने भएकाले मुख्य स्थलको सामान्य नाम उल्लेख गरिएको छ ः (१) भैरवी (२) शैलागम पर्वत (चगत्रा) (३) श्री धुलेश्वर (४) नाभीस्थान (५) शिरस्थान (६) कोटिला (७) रूद्रावती (८) इन्द्रावती सङ्गम (९) दुग्धेश्वर (१०) सिद्धेश्वर (११) स्वामी कार्तिक (१२) श्री हरिहर क्षेत्र (१३) धौम्याश्रम (१४) माधव पर्वत १५) धुलेश्वर । १५ दिनमा पूरा हुन्छ ।

यस्तै प्रकारले २१ दिने परिक्रमको विधान अनुसार (१) धर्मगद्धि (२) वारातडी (३) श्री मालती गंगा मालिका (४) धुलेश्वर (५) शिवलिङ्गिी (६) भैरवी (७) क्षेत्रपाल भूमि (रावतकोट) (८) ऋण मोचिनी (९) इन्द्रिय ज्वाला (१०) कालाग्नि रुद्र (११) बडी ज्वाला (१२) ललाट चक्षु नासा ज्वाला (१३) कोटेश्वर (१४) त्रिवेणी सङ्गम (चुप्रा) १५)डुङ्गेश्वर (१६) स्वामी कार्तिक (१७) श्री चरण पादुका (१८) धौम्याधाम (१९) धुलेश्वर (२०) धर्म गद्धि (२१) सिद्धस्थली । यस यात्रामा ४८ वटा श्राद्ध भूमिहरू पर्दछन् । जसमा विधिवत् पिण्डदान गर्नु पर्दछ । यस यात्रामा पुनः भैरवीमा पुगी तीर्थभोज दिनु पर्दछ । देवपूजन हवन आदि गरी साङ्गता गर्ने परम्परा पनि रहेको छ ।

३१ दिवसीय पञ्चकोशी यात्रा भने धुलेश्वरबाट प्रारम्भ भई धुलेश्वरमा नै समापन गरिन्छ । यस यात्रामा दैनिक हवन, पूजन, ब्राह्मण भोजन, पाठ, पारायण, वैश्वानर पुराण श्रवण गर्नु पर्दछ । यसको सबै विधान यहाँ उल्लेख गर्न सम्भव नभएकाले यस यात्रामा सङ्लग्न हुन इच्छुक व्यक्तिले वैश्वानर पुराणको अध्ययनबाट स्वयम् जानकारी लिन वा पञ्चकोशीको विधानका बारेमा जानकारी भएका यस क्षेत्रका ब्राह्मणहरूबाट आवश्यक जानकारी लिन सकिने छ ।

माथिका २१ स्थानसँगै ब्रह्मकपाली, बाणगंगा, धौम्याश्रम, काल भैरव, विनायक स्थान, पातालगंगा (भम्यामूल), जगन्नाथ महबै (डाँडीमाडी), क्षेत्रपाल स्थान (रावतकोट), पाप मोचिनी, शिखर मालिका (खम्बगाडे), त्रिपुष्कर (भिरखेत) समेतका स्थानहरू पनि निवास एवम् अनुष्ठेय भूमिकाका रूपमा रहेका छन् ।

यो त भयो वैदिक तथ्य अब पौराणिक रूपमा श्री ज्वालाजी, श्री वैश्वानर क्षेत्र र श्री पञ्चकोशी धामको महत्व यो वस्तु सत्यका साथै यस क्षेत्रको ऐतिहासिक र पुरातात्विक विशिष्टता समेत कम छैन । आज भन्दा ५०९२ वर्ष पहिले कुरूकुलमा उत्पन्न भएका महात्मा पाण्डवहरूले आफ्नो महाविपत्तिका बेलामा वनबासका १२ वर्ष यसै क्षेत्रमा बिताएका थिए । आफ्नो कुल पुरोहित धौम्य ऋषिलाई धौम्याग्राम (धामीगाउँ) मा आश्रम बनाई राखेर उनै धौम्यकै वरिपरि पूर्वमा स्वर्गद्वारी, पश्चिममा वैद्यनाथ, उत्तरमा खोपरनाथ र दक्षिणमा ठाकुरद्वारा सम्मको भूभागमा परिभ्रमण गर्दै पाण्डवहरुले १२ वर्षको वनबासको समय व्यतीत गरेका थिए । अन्त्यतिर तिनै धौम्या ऋषिको उपदेशले माधव पर्वतमा गई जगत्की मालिक मालिकाको तीव्र तप, हवन, पूजन र स्तवन गरे । जसका वरदानले सजिलै गुप्तबास पूरा गरी पुनः आफ्नो गुमेको पद, प्रतिष्ठा र ऐश्वर्य मात्र प्राप्त गरेनन् युधिष्ठिर अजात शत्रु नै बने । यसै द्रोणादिमा नै कौरव र पाण्डवहरूका गुरू आचार्य द्रोणले भगवान् परशुरामसँग शिष्यत्व प्राप्त गरी अग्रतो वैदिकं ज्ञानं पृष्ठतः सशरं धनु भन्ने वाक्य चरित्रार्थ गर्न सके । लङ्कामा लक्ष्मण मरणासन्न भएका अवस्थामा यहीको द्रोणाञ्चलको द्रोणबुटी (सञ्जीवनी) औषधी भएर श्री रामको परम् सङ्कट निवारण हुन सक्यो ।

समिद्धोद्गण्च्छज्ज्वालाजाल प्रत्यक्षवैश्वानर त्रयाधिष्ठान परम पावन श्री दुर्लघ्यनगरे…… श्री श्री श्री पृथ्विमल्लदेव पादाः (वि.सं.१४१५) समेतका अनेकाअनेक स्वर्णपत्र, ताम्रपत्र, भूजपत्र, शिलालेख कीर्तिस्तम्भ, धर्मस्तम्भ, वीरस्तम्भ आदि पुरातात्विक वस्तुहरू यत्र तत्र सर्वत्र गुप्त प्रकट छरपस्ट छदैछन् । नेपाली भाषाको प्रथम शिलालेखद्वारा पनि नागराज हिमाज्यूको पालादेखि राजधानीको इतिहास बोकेको प्रस्ट छ ।

समयलाई पला विपलाबाट पराद्ध सम्म गणना गर्ने वैदिक ज्योतिष शास्त्र अनुसार आजभन्दा २४८८३२८११७ (दुई अरब, अठचालीस करोड, त्रियासी लाख, अठ्ठाइस हजार एक सय सत्र) वर्ष पहिले स्वयम्भू मन्वन्तरको प्रथम सत्य युगमा दक्ष प्रजापतिकी छोरी सतीदेवीले आफ्ना बाबुको यज्ञमा देह त्याग गरेपछि विरक्त भएका महादेवले ध्यानस्थ भई गहिरो समाधि लगाएर बसेको स्थान दुर्लङ्घ्य पर्वतको सिद्धस्थली कामदेव भष्म भएको स्थान धूलीश्वर र शिव नेत्रबाट प्रकट भएको कालाग्नि रूद्र रूप चैतन्य ज्वाला समेटेर प्रक्षेपण गर्दा भूगर्भमा स्थापित भएको स्थान ज्वाला वैश्वानर क्षेत्र पञ्चकोशी भनेर स्कन्द पुराणको हिमवत् खण्डमा अध्याय १४ देखि २१ सम्म बृहत् वर्णन गरिएको छ । त्यसै पञ्चकोशी तीर्थमध्ये त्यस बेलाबाट हालसम्म शत सहश्र स्थानमा पानीमा आगो दन्दनी बल्ने गरेको छ । त्यस मध्ये पनि शीरस्थान नाभीस्थान र पादुका स्थान भनी शिव चैतन्य ज्वालाका तीन स्थान प्रसिद्ध छन् । समाधिबाट जागी सकेका शिवको शान्त मूर्तिको शिव पत्नी सतिद्वारा प्रथम दर्शन प्राप्त स्थान सिद्धेश्वर (तल्लो डुङ्गेश्वर) बाट शिवगङ्गा प्रवाहित स्थल र भैरवीसम्म उत्तर दक्षिण लम्बीयमान यो क्षेत्र नै पञ्चकोशी वैश्वानर क्षेत्र हो ।

देवदेशो हिमालय भनेर महत्व प्राप्त गरेको देवताहरूको, सिद्धहरूको, योगीहरूको, साधकहरूको ऋषिहरूको र सुकवि विद्वानहरूको जन्मभूमि, कर्मभूमि र साधना भूमि देव दुर्लभ दुर्लघ्यनगर (दुल्लु) पञ्चकोशी धामका सम्बन्धमा यी उपर्युक्त वैदिक, पौराणिक, पूरातात्विक, ऐतिहासिक तथ्यहरू रहँदा रहँदै यहाँको अद्वितीय सामाजिक, साँस्कृतिक विशिष्टतालाई देख्दा देख्दै समग्र नेपाल र नेपालीहरू यस क्षेत्रबाट प्राप्त हुने महान् गौरव र लाभबाट वञ्चित रहनु अस्वभाविक र दुर्भाग्यपूर्ण छ । हामी सबैका लागि सबैलाई चेतना भया ।

लेखक रिजाल दैलेख जिल्लाका सामाजिक अगुवा तथा पूर्विय दर्शनका विद्वान पनि हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको