१३ कार्तिक २०७७, बिहीबार

रोबोटिक कलेजो प्रत्यारोपण विज्ञ डा. सुजितले गरे आत्महत्या



१६ भाद्र, काठमाडौं । रोबोटिक कलेजो प्रत्यारोपणमा विश्वमा नाम फैलाउदै गरेका डा. सुजीत कुमार शाहले आत्महत्या गरेका छन् । उनले भारतको मेदान्त अस्पतालको क्वाटरबाट मङ्गलबार बिहान हाम फालेर आत्महत्या गरेको खबर प्राप्त भएको छ ।

फेसबुकमा स्टाटसमा यो खबर पोष्ट गर्दै सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्का लेखेका छन, ‘ उनीसँग भर्खर भएको कुराकानीबाट केहि समयपछी नेपाल आई सेवा सुरु गर्ने कुरा सुन्दा र मनन गर्दा उनले आत्महत्या गरेको कुरामा कत्ति पनि विश्वास लाग्दैन । नायक सुशान्त सिंहको झैं उनको पनि हत्या भएको भन्ने कुराका कुनै शङ्का छैन ।’

अध्यक्ष खड्काले डा. सुजितको आत्महत्या नभएर हत्या भएकाले निष्पक्ष छानविको माग समेत गरेका छन् । मृतक डा. सुजित आफ्ना आत्मीय मित्र भएको उल्लेख गर्दै डा. रबिनले मृत आत्मको चिर शान्तिका कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विराटनगर घर भएका डा. सुजित भारतको मेदान्त अस्पतालमा विज्ञका रूपमा रोबोटिक प्रविधिबाट कलेजो प्रत्योरोपण सम्बन्धी तालिम दिँदै आएका थिए । शरीरलाई नचिरेर रोवर्टद्वारा केलेजो ट्रान्सप्लान्ट गर्ने प्रविधि विश्वमै नयाँ मानिन्छ ।

यद्यपी, उनले आत्महत्या नै गरेका हुन् या हत्या गरिएको हो भन्नेबारे ढुक्क हुने अवस्था भने पक्कैपनि बनेको छैन ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु