२१ जेष्ठ २०८०, आईतवार

कर्णाली सरकारमा नेपाली कांग्रेसका विसी सामाजिक मन्त्री र श्रेष्ठ जलस्रोत मन्त्री हुने



२० जेष्ठ, सुर्खेत । लामो समयको छलफलपछि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ। काँग्रेसलाई नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा रहेको प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय दिन लागिएको हो।

काँग्रेसबाट सामाजिक विकास मन्त्रीका रूपमा सुर्खेतका यज्ञबहादुर विसी र जलस्रोत तथा ऊर्जा मन्त्रीका रूपमा जुम्लाका दिनबन्दु श्रेष्ठलाई जिम्मेवारी दिन तयारी भएको छ। नेता विसी काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने श्रेष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन्।

काँग्रेस नेता श्रेष्ठ सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहेका छन्। प्रदेशसभामा काँग्रेसका ६ प्रदेश सभा सदस्य छन्। यस अगि प्रमुख विपक्षी दल रहेको नेपाली काँग्रेस पछिल्लो समय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिई सरकारमा सहभागी हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको