२१ जेष्ठ २०८०, आईतवार

खनाल–नेपाल पक्षीय नेताहरूको मतः पार्टी एकता अनन्तसम्म नलम्ब्याई अन्तिम प्रयास गरौं



२० जेष्ठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल पक्षधर केन्द्रीय कमिटीको भर्चुअल बैठक बसिरहेको छ। बैठकमा अधिकाँश केन्द्रीय सदस्यहरूले भर्चुअल बैठकमा पार्टी एकता अनन्तसम्म नलम्ब्याई अन्तिम प्रयास गरौं भन्ने धारणा राखेका छन् ।

बैठकमा सहभागी एक जिम्मेवार नेताले भने, ‘पार्टी एकताका लागि अन्तिम प्रयास गर्नुपर्छ। पार्टीलाई २०७५ जेठ २ मा फर्काउने हाम्रो अडान छोड्नु हुँदैन । प्रधानमन्त्री ओली वार्ताका लागि इमान्दार देखिदैनन् । यदि एकता सम्भव छैन भने अव पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्छ।’

बैठकमा नेकपा (एमाले)का उप–महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली पक्षसँग भएका भएका अनौपचारिक छलफलबारे बैठकमा जानकारी गराएका थिए। दुवै जना नेताहरूले बालुवाटारले अलि धेरै प्रचार गरेको समेत बताएका थिए।

उप–महासचिव भुसालले आफूहरूले पार्टी एकताका लागि इमान्दार प्रयास गरेको बताए । उनले २०७५ जेठ २ मा फर्किन सम्भव छ तर अलि मेहनत गर्नु पर्ने भन्दै बैठकमा जानकारी गराए ।

त्यस्तै स्थायी कमिटी सदस्य पाण्डेले अनौपचारिक रूपमा भएको छलफललाई बालुवाटारका साथीहरूले अलि फरक ढंगले प्रचार गरेकाले यसलाई दाउपेचको रूपमा लिनुहुन्न भन्ने धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको