१९ श्रावण २०७८, मंगलवार

देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौंः पूर्व राजा ज्ञानेन्द्र शाह



२० जेष्ठ, काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले कोरोना भाइरसको संक्रमणपछिको आफ्नो स्वास्थ्य अवस्थामा सुधार भई दुवै जना पूर्ण स्वास्थ्यलाभको क्रममा रहेको कुरा जानकारी गराएका छन् । तर आफूहरू देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित रहेको समेत पूर्व राजा शाहले बताए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले भने, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता चासोका साथ शुभकामना दिनु हुने देश भित्र र बाहिर रहेका सबै नेपालीहरू प्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानविय कार्य गर्ने सबै अग्रपङ्तिमा रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी तथा सामाजिक कार्यकताहरूमा हामी अन्र्तआत्मादेखि धन्यवाद दिन चाहन्छौं ।’

उनले अहिले पनि महामारीको प्रक्रिया जारी रहेकाले यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै सङ्कल्प र वाह्य सहयोगको आवश्यकता पर्ने बताउँदै प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद समेत दिएका छन् । पूर्व राजा शाहले सबैलाई सरक्षित, सावधान र स्वस्थ रहन आग्रह पनि गरेका छन् ।

पूर्व राजाले उपचारका क्रममा रहनुभएका सबै नेपालीहरूको सिघ्र स्वास्थ्य लाभसँग यो महामारीमा जीवन गुमाउनेहरूको आत्माको चिर शान्तिको कामना गर्दै श्री पशुपतिनाथले ती सबै परिवारमा धैर्यधारणको लागि शक्ति प्रदान गरुन भनी कामना पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु