२० जेष्ठ २०८०, शनिबार

गोकर्णद्वारा पार्टी एकताका लागि गरिएका इमान्दार प्रयासलाई कुप्रचार गरिएको भनी आपत्ति



२० जेष्ठ, काठमाडौं । नेकपा एमालेका सचिव युवा नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएको प्रति आपत्ति जनाएका छन् ।

उनले एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् त्यसको लेखाजोखा समयले बताएका छन् ।

नेता विष्टले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवम् एकिकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशिल छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको