४ आश्विन २०८०, बिहीबार

चीन र भारत जस्ता उदयमान देशहरूले विश्वव्यापी शासनमा नेतृत्वकारी भूमिका खेल्न सक्दछन्


यु होङ जन
१९ जेष्ठ २०७८, बुधबार

चीन र भारत प्राचीन सभ्यताका दुई छिमेकी राष्ट्रहरू हुन् । दुबै देश आर्थिक बृद्धिका महत्वपूर्ण ईन्जिनहरू हुनुका साथै विश्व बहु-ध्रुवीकरण र आर्थिक भूमण्डलीकरणको प्रक्रिया अगि बढाउने मुख्य शक्तिहरू पनि हुन्। यी समानताहरूले संकेत गर्दछ कि चीन र भारतले साझा चासो र सहयोगको ठूलो संभावना बोकेका छन्। चीन र भारत एक अर्काका मित्र र साझेदार हुन्  नकी आपसी दुश्मन या  प्रतिद्वन्द्वी । हामीले एक अर्कालाइ आफुमा समाहित बनाउनु भन्दा सहयोग गर्नुपर्दछ, र एक अर्का विरूद्ध सावधान हुनु भन्दा सहयोगको हात अघि बढाउनु पर्दछ ।  

महामारी विरुद्धको विश्वव्यापी प्रयासले “मानवजाति” वास्तवमा साझा भविष्यको एक समुदाय हो भनेर देखाउँदछ। एकता र सहकार्यबाट मात्र हामी सङ्कटलाइ टार्न सक्छौं। भारतले राष्ट्रव्यापी खोपको लागि जोड दिइरहेको छ ।हामी ईमानदारीपूर्वक आशा गर्दछौं कि भारतीय पक्षले अझ बढी सफलता हाँसिल गर्न सक्नेछ र चाँडै नै महामारीलाई नियन्त्रणमा लिनेछ ।

महामारी विरुद्धको विश्वव्यापी प्रयासले “मानवजाति” वास्तवमा साझा भविष्यको एक समुदाय हो भनेर देखाउँदछ। एकता र सहकार्यबाट मात्र हामी सङ्कटलाइ टार्न सक्छौं। भारतले राष्ट्रव्यापी खोपको लागि जोड दिइरहेको छ । हामी ईमानदारीपूर्वक आशा गर्दछौं कि भारतीय पक्षले अझ बढी सफलता हाँसिल गर्न सक्नेछ र चाँडै नै महामारीलाई नियन्त्रणमा लिनेछ । महामारीको बिरूद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दृढतापूर्वक समर्थन दिन हामी सबैको लागि स्वास्थ्यको सोच अनुरुप विश्वव्यापी समुदाय निर्माण गर्न र महामारीको बिरुद्दको प्रारम्भिक वैश्विक विजयमा योगदान पुर्‍याउनु पर्छ। यस सम्बन्धमा चीन र भारतले घनिष्ट सञ्चार र सहयोग कायम गर्न सक्छन्।

द्विपक्षीय अर्थव्यवस्थाको सवालमा चीन र भारत दुबै प्रमुख विकासशील देशहरू र ठूला उदीयमान अर्थव्यवस्थाहरू हुन् जसले आर्थिक पूरकता र सहयोगको ठूलो सम्भावना बोकेका छन् । आधुनिक समयदेखि यता दुई देशहरूले भूमण्डलीकरणको बीचमा तीव्र आर्थिक बृद्धि हाँसिल गरेका छन्। विश्वका दुई ठूला विकासशील देशहरूको रूपमा चीन र भारतको औद्योगिक संरचनाहरूमा समानता र परिपूरकता छन्। दुबै देशमा नदी सभ्यताका विशेषताहरू छन्। आधुनिककालिन औद्योगिकीकरणको विकासको क्रममा दुई देशले समान औद्योगिक संरचना निर्माण गरेका छन्। सोझो अङ्कगणितीय हिसावले पनि चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार हो।

विकासशील तथा उदयमान बजार देशहरूले वैश्विक शासनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा शक्ति सन्तुलनको साथ भाग लिने तीव्र इच्छा राख्दछन्। लामो समयदेखि यस क्षेत्रमा प्रबल हुँदै आएको यो चाहनाले पश्चिमी देशहरूको लागि एउटा चुनौती खडा गरेको छ । विश्वव्यापी शासन ब्यवस्थामा उदयमान देशहरूको प्रभावकारी भूमिका लागि चीन र भारतको आपसी सहयोगले प्रतिकात्मक र निर्णायक महत्त्व राख्दछ ।   

स्वतन्त्र व्यापार प्रणालीको समर्थन गर्ने क्रममा चीन र भारतले एकाकार भएर ग्लोबल भ्याल्यु चेनमा गहिरो संलग्नता राख्नु पर्दछ र एसियामा बहुपक्षीय व्यापार विस्तार गर्नुपर्दछ। दुबै मुलुकले अन्तराष्ट्रिय संगठनहरूको सुधारबाट बहुपक्षीय स्वतन्त्र व्यापार मापदण्डको संरक्षण गर्ने र वैश्विकीकरण विरोधी शक्तिहरूको चुनौतिहरूको सयुक्त सामना गर्ने काम गर्नुपर्नेछ।

दुबै पक्षले विद्यमान अन्तर्राष्ट्रिय बहुपक्षीय संगठनहरूलाई संयुक्त रूपमा सुधार गर्नुपर्दछ र वैश्विक शासनमा भाग लिनुपर्दछ। अन्तर्राष्ट्रिय समुदायमा चीन र भारतले संयुक्त राष्ट्र संघ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष सहित विद्यमान बहुपक्षीय संस्थाको सुधारलाई बढावा दिन सक्छन्। दुबै देश शंघाई सहयोग संगठन (एससीओ) र ब्रिक्स संयन्त्रका सदस्यहरू हुन्। अन्तर्राष्ट्रिय व्यवस्थामा बहु-ध्रुवीकरणको विकाससँगै विकासोन्मुख देशहरूले वैश्विक शासनमा अझ महत्त्वपूर्ण भूमिका खेल्नेछन्।

हिमालयन क्षेत्र चीन-भारतको सीमा मात्र होईन बरु यो एशिया र विश्वकै  वातावरणीय संरक्षणको लागि महत्वपूर्ण क्षेत्र हो। दुबै पक्षले वैज्ञानिक र प्राविधिक क्षमताको उपयोग गरीहिमालयन क्षेत्रको वातावरणीय संरक्षणमा थप सहयोग पुर्‍याउन सक्दछन् ।

चीन र भारतले वातावरणीय संरक्षणको क्षेत्रमा पनि आपसी सहयोग गहिरो बनाउनु पर्दछ । हिमालयन क्षेत्रको संरक्षणमा सँगै काम गरी दिगो विकास लक्ष्य २०30 को एजेन्डा कार्यान्वयनलाई प्रोत्साहित गर्नुपर्दछ। हिमालयन क्षेत्र चीन-भारतको सीमा मात्र होईन बरु यो एशिया र विश्वकै  वातावरणीय संरक्षणको लागि महत्वपूर्ण क्षेत्र हो। दुबै पक्षले वैज्ञानिक र प्राविधिक क्षमताको उपयोग गरी हिमालयन क्षेत्रको वातावरणीय संरक्षणमा थप सहयोग पुर्‍याउन सक्दछन् । दुबै देशले क्रमशः जलवायु परिवर्तन, ध्रुव संरक्षण, जैव विविधता र वातावरण संरक्षण लगायतका क्षेत्रमा ब्यापक सहकार्य विस्तार गर्न सक्दछन् ।यसबाट हामी एशियाबाट दिगो विकासको लागि विश्वव्यापी सहकार्यको अभियान सुरु गर्न सक्छौं।   

चीन र अमेरिकाको बीचको कथित रणनीतिक प्रतिस्पर्धामा भारतले आफ्नो रणनीतिक स्वतन्त्रता कायम गर्न सजिलो छैन। यद्यपि शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरूको मान्यतालाई फर्केर हेर्दा, स्वतन्त्रता सजिलै आउँदैन भन्ने कुरा हामीले अझ राम्रोसँग बुझ्नुपर्दछ। हामीले वर्तमान चीन, अमेरिका र भारत सम्बन्धमा सन्तुलन कायम गर्न मिलेर काम गर्नु आवश्यक छ  । “नयाँ शीतयुद्ध” खडा गर्न मानव निर्मित शत्रुताबाट मूल्यमान्यता निर्धारण गर्ने परिपाटीबाट हामी जोगिनु पर्दछ।

चीन भारत सम्बन्धमा सीमा विवादको सवाल इतिहासले छोडेको मुद्दा हो र यो चाँडै हतारमा समाधान हुन सक्दैन। तर सीमा विवाद मात्र चीन-भारत सम्बन्धको सम्पूर्ण कथा होइन। कुराकानी र परामर्श मार्फत समस्याहरू समाधान गरी परिस्थितिलाई शान्त बनाउन चीन प्रतिबद्ध छ। यसका लागि दुबै पक्षले कूटनीतिक र सैन्य च्यानलहरू र अझ फ्रन्टलाइनमा रहेका सेनाका माध्यमबाट सञ्चार कायम गरेका छन्  ।

लेखक सिपिसि केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका पूर्व उपमन्त्री र विश्व सहयोग र समझदारी संस्थान पेकिङ्ग विश्व विद्यालयका वरिष्ठ सल्लाहकार हुन् । यो लेख  पिपुल्स डेलीबाट अनुवाद गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको