१७ आश्विन २०८०, बुधबार

द इग्जाइल किन ?



द इग्जाइल एउटा काल्पनिक कथा मात्र होइन । यो नेपाली समाजको रङ्गीन चित्र हो, जसमा रङ्गहरूको बेसुर प्रयोग छ । तिनै बेसुर पोतिएका रङ्गहरूको बीचमा जुन कालो रङ्ग छ, त्यसैलाई केन्द्रमा राखेर उपन्यासले आख्यानात्मक विश्लेषण गर्न खोजेको देखिन्छ । यहाँ भन्न खोजिएका रङ्गहरू जातिगत विविधता हुन् भने केन्द्रीय कालो रङ्ग चाहिँ जातीय भेद हो ।

यस उपन्यासको प्रमुख पात्र रूपलाल हो, जसले सदियौंदेखिको उत्पीडन खेप्दै आएको एउटा वर्गको प्रतिनिधित्व गर्दछ भने केशरी उसको सहयोगी पात्र हो । ऊ पिडक खेमाकी चेली हो । तैपनि ऊ पीडित छ किनकि उसले उत्पीडित वर्गलाई काँधमा बोकेर हिड्दै छे । यस सामाजिक विसङ्गतिले उसलाई पनि उसरी नै पीडित बनाएको छ जसरी रूपलाललाई पिसेको छ ।

वि.सं. ०५० को दशकलाई एउटा ठोस कालखण्ड मानेर बुनिएको यस उपन्यासको प्रमुख पात्र रूपलाल हो, जसले सदियौंदेखिको उत्पीडन खेप्दै आएको एउटा वर्गको प्रतिनिधित्व गर्दछ भने केशरी उसको सहयोगी पात्र हो । ऊ पिडक खेमाकी चेली हो । तैपनि ऊ पीडित छ किनकि उसले उत्पीडित वर्गलाई काँधमा बोकेर हिड्दै छे । यस सामाजिक विसङ्गतिले उसलाई पनि उसरी नै पीडित बनाएको छ जसरी रूपलाललाई पिसेको छ । उसलाई थाहा छ कि उसका मानवीय चाहना, भावना र संवेगहरू यही सामाजिक विसङ्गतिको पैतालामुनि कुल्चिनेवाला छन् र पनि ऊ उद्वेलित हुन्छे, आन्दोलित हुन्छे र लाग्छे रूपलालको पछि , जसको भविष्य छैन, जसको समाज छैन र एक अर्थमा देश नै छैन । उनीहरूलाई थाहा छ, उनीहरूको त्यो स्वत स्फूर्त निर्णयलाई कसैले स्वीकार्नेवाला छैन । त्यसैले मृत्युलाई उनीहरू अन्तिम विकल्प ठान्दछन् र नाम्लो काखी च्यापेर त्यो मेहेलको रूखमुनि पुग्दछन, जहाँबाट उनीहरूको अभिषप्त प्रेमलिला प्रारम्भ भएको थियो । त्यतिखेर मृत्युभन्दा पनि उनीहरूलाई बिछोड विकराल लाग्छ । अन्र्तमनले धिक्कारे जस्तो लाग्छ र निर्णय बदल्न पुग्छन उनीहरू ।

रूपलाल र केशरीको त्यो प्रेम विद्यमान छुवाछुतको विरुद्धको कुनै नियोजित निर्णय होइन । न त यो कुनै विद्रोहको चेतना नै हो । यो त केवल दुई एकीकृत आत्माको सोंच हो । यो विद्रोह हो वा बाध्यता हो छुट्याउने जिम्मा उसको हो, जसले सामाजिक रीति र कुरीतिको राम्रो विश्लेषण गरेको छ, छुवाछुत न्याय संगत हो कि होइन बुझेको छ । ती दुई असह्यलाई के थाहा उनीहरूको त्यो निर्णय एक दीर्घ रोगको ओखती होइन भन्ने ? यो पनि थाहा छैन कि जातीय विभेद कति विस्तृत छ । त्यो वबुरो रूपलाई पनि थाहा छैन कि शहर, जसलाई सभ्य र आधुनिक ठाउँ मानिन्छ, त्यो पनि यसबाट अछुतो छैन । उसले सुनेको सहरमा जातभातको घाउ कोट्याउने कोही भेटिँदैनन् । भेटिहाल्यो भने पनि कोट्याउने उसलाई फुर्सद हुँदैन । यो त उसलाई त्यतिखेर थाहा हुन्छ जतिबेला ऊ काठमाडौँ आउँछ र कोठाको खोजीमा गल्ली गल्ली चाहर्छ । ऊ सुनार थरको भएकै कारणले काठमाडौँका घरबेटी तर्सिन्छन, उसका हिन्दु देवता रिसाँउछन्, धेरै अपवित्र हुन्छ, पानीको कुवा विटुलिन्छ । बल्ल बुझ्न थाल्छ ऊ यो देशव्यापी रोग हो ।

अचम्मको कुरा जाबो एउटा शब्द ‘सुनार’ वा ‘कामी’ वा ‘दमाई’ वा ‘सार्की’ जे पनि हुन सक्छ, ले उसलाई खाने गाँस र बस्ने बास दिँदैन, त्यसलाई जोगाई राख्नु किन जरुरी छ ? किन यसलाई सदाको लागि विसर्जन गरेर कुनै नयाँ बंशको बिज रोप्न सकिदैन ?

यसको उपचार छैन । यसको डाक्टर पनि छैन, नेपालमा सायद यस रोगको निदान गर्ने कुनै व्यक्ति नै जन्मिएको छैन । र पनि ऊ आफ्नो अछुत पुख्र्यौली जात लुकाउन चाहँदैन् किनकि ऊ यसलाई आफ्नो गौरव ठान्छ तर अचम्मको कुरा जाबो एउटा शब्द ‘सुनार’ वा ‘कामी’ वा ‘दमाई’ वा ‘सार्की’ जे पनि हुन सक्छ, ले उसलाई खाने गाँस र बस्ने बास दिँदैन, त्यसलाई जोगाई राख्नु किन जरुरी छ ? किन यसलाई सदाको लागि विसर्जन गरेर कुनै नयाँ बंशको बिज रोप्न सकिदैन ?

कस्मेटिक पसलकी एक युवतीको यस्तो आसयले ऊ झल्याँस्स व्युझिन्छ । यस उपन्यासमा यस्ता केही व्यक्तिहरूलाई देखाइएको छ जसले जातीय भेदको आत्मिक आलोचना गर्छन् तर नाराकै रूपमा यसलाई अगाडि सार्ने उनीहरूमा आँट छैन । ‘प्रेम अन्धो हुन्छ’ यो साँचो हो र साँचोलाई साँचो नै भन्नुपर्छ । यहाँ रूपलाल र केशरीको पिरति पनि आँखा हेर्दै वा बत्ती बाल्दै गरिएको होइन । सपनामा पनि नचिताएको काठमाडौँको यात्रा आँखा चिम्लेर गरे उनीहरूले । घरबाट भाग्दा फर्केर पनि घरपरिवारमा एक नजर हेरेनन् । अघिपछि केही नभएझैँ एकले अर्काको आँखा मात्र नियाले त्यसभित्र छचल्किएको प्रेम मात्र हेरे । तर परिमाण के भयो ? रुपलालका बा मरे । केशरीकी आमा मरिन् ।

दोषी को ?
रूपलाल ?
केशरी ?
कि दुवैजना ?
वा त्यो परम्परा जसले मान्छे मान्छे बीच खाल्डो खन्यो र मान्छेको इज्जत, इमान र सम्मान पुर्यो ?

ऊसँग केही पैसा छ । झोलामा बाको लागि एउटा कोट र आमाको लागि सुन्दर मखमली चोली छ । चोलीसँग मिल्ने एक थान साडी पनि छ । मन आतुर छ । माया प्रगाढ छ । तर घर रित्तो छ । बा मरिसकेछन ,आमा लखेटिइछन् । किन ? उसले चोखी केटी भगाएर ?

उपन्यासको खण्ड २ मा रूपलालको यात्रा वर्णन गरिएको छ । ऊ घर फर्कदै छ पाँच वर्षपछि । उसले देखेको सपनाले उसलाई घरतर्फ डोर्याउँदै छ । बा, आमा, घर, आँगन र दौँतरी झन्झन् गाढा भएपछि उसले त्यो यात्राको निर्णय गर्छ अनि लामो बाटो तय गर्छ । ऊसँग केही पैसा छ । झोलामा बाको लागि एउटा कोट र आमाको लागि सुन्दर मखमली चोली छ । चोलीसँग मिल्ने एक थान साडी पनि छ । मन आतुर छ । माया प्रगाढ छ । तर घर रित्तो छ । बा मरिसकेछन ,आमा लखेटिइछन् । किन ? उसले चोखी केटी भगाएर ?


विश्वकर्मा ‘द इग्जाइल’ उपन्यासका लेखक हुन् । यो पुस्तक स्नातक तहको Special Need Education (SNE) को कोर्षमा समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको