५ आश्विन २०८०, शुक्रबार

कोरोना संक्रमित संख्यामा कमीः आज ५३१६ नयाँ संक्रमित, ७२१९ जना कोरोना मुक्त



१९ जेष्ठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको तथ्यांकलाई हेर्दा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । तथ्यांक अनुसार २४ घण्टामा जम्मा १६ हजार ८७८ जनाको परिक्षण गरिएकोमा ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ४५२४ जनाको पीसीआर विधिबाट र ७९२ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । आज काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

यो तथ्यांकसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ । हाल सक्रिय संक्रमितको संख्या भने १ लाख १ हजार ९९३ रहेको छ । सक्रिय संक्रमित मध्ये ९५ हजार १३१ होम आइसोलेसनमा, ६ हजार ८६२ संस्थागत आइसोलेसनमा, १ हजार ४४६ जना आईसीयूमा र ३८५ जना भेन्टिलेटरमा रहेका छन् ।

नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढ्न थालेपछि सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ । संक्रमित मध्ये ४ लाख ६१ हजार ५६३ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ । अहिलेसम्मको तथ्यांक अनुसार नेपालमा कोभिड–१९ बाट जम्मा ७ हजार ५५५ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको