विश्वकप छनौंटमा ताइपेईविरुद्ध दोस्रो जितको प्रतीक्षामा नेपाल
१९ जेठ काठमाडौं । नेपालले सन् २०२२ मा कतारमा हुने विश्वकप छनौंट खेलको दोस्रो चरणमा बिहीबारबाट सुरु हुने प्रतिस्प्रर्धामा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्दैछन् । समूह बीको छनौंट खेल कुवेतमा हुँदैछ ।
नेपालले पहिलो खेल बिहीबार चाइनिज ताइपेईसँग खेल्दैछ भने अष्ट्रेलिया र घरेलु टोली कुवेतबीच पनि आज नै प्रतिस्प्रर्धा हुँदैछ ।
नेपाल र चाइनिज ताइपेईलाई कतार विश्वकप छनोटको अर्को चरणमा पुग्न चुनौतिपूर्ण छ । चाइनिज ताइपेई यस अघि नै विश्वकपको तेस्रो चरणमा पुग्ने होडबाट बाहिरिसकेको छ ।
अहिलेसम्मको अवस्थालाई हेर्दा अष्ट्रेलिया चार खेलमा शतप्रतिशत जितको नतिजासहित १२ अंक जोडेर शीर्ष स्थानमा छ भने कुवेत र जोर्डनको ५ खेलबाट समान १० अंक प्राप्त गरेका छन् । नेपालले भने एक जितबाट ३ अंक जोडेको छ भने चाइनिज ताइपेई पाँचै खेलमा हाल व्यहोरी अंकविहीन अवस्थामा छ ।