१५ मंसिर २०७८, बुधबार

आफू अप्ठ्यारोमा पर्दा केपी ओलीले वार्ताको कार्ड फाल्ने गर्छन्ः माधव नेपाल



१९ जेष्ठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले जनसंगठनहरूको भर्चुअल बैठकमा आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए पार्टीलाई अझै बचाउन सकिने बताएका छन् । भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप लिन नसकेको बताए ।

बरिष्ठ नेता नेपालले पार्टीभित्र देखिएको विवाद हल गर्न गठित कार्यदलको आधिकारिक वार्ता नभएको जानकारी दिएका छन् । केपी ओलीले आफूलाई अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेकोले नेता नेपालले बताएका छन्।

जनसंगठनका नेताहरुले आफूहरू एकताको विपक्षमा नभएको तर केपी ओली सहमतिमा बस्न तयार नहुने हो भने धेरै अलमल गर्न हुन्न भन्ने सुझाव दिएका थिए । उनीहरूले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनु पर्ने, नत्र अलग पार्टी निर्माणमा लाग्न नेताहरूले सुझाव दिएका छन् ।

बैठकमा अध्यक्ष ओली निकट जनसंगठनका नेताहरूले पार्टीबाट निष्कासन गर्ने निर्णय भएमा स्वागत गर्छौ भन्ने खालको वक्तव्यप्रति आपत्ति जनाइएको थियो ।

भर्चुअल बैठकले जनसंगठनका नेताहरूले संयुक्त वक्तव्य जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमहरूको विरोध गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको