१९ जेष्ठ २०८०, शुक्रबार

दक्षिण कोरियाका राष्ट्रपति मुनद्वारा हरित आर्थिक वृद्धिका लागि प्रतिवद्धता



१८ जेष्ठ, दक्षिण कोरिया । दक्षिण कोरियाका राष्ट्रपति मुन जाएइनले ६० देशका नेताहरू र संगठनका प्रतिनिधिहरूमाझ पि ४ जी (Partnering for Green Growth and the Global Goals 2030) सम्मेलनको उद्घाटनमा बोल्दै दक्षिण कोरिया हरित र समावेशी आर्थिक वृद्धिका लागि लगानी गर्न प्रतिवद्ध रहेको कुरा बताएका छन् । पि ४ जी हावापानी परिवर्तन, पेरिस सम्झौता र दिगो विकास लक्ष्यहरूलाई सम्बोधन गर्न सरकारी र गै्रह सरकारीमाझ सहकार्यका गर्न बनाइएको एक प्लाटफर्म हो ।

यसको सम्मेलन हरेक दुई वर्षमा आयोजना हुने गर्दछ । कोभिड महामारीका कारण भर्चुअल रूपमा यो सम्मेलन आयोजना भएको हो । पि ४ जीमा बंगलादेश, भियतनाम, चिलि, कोलम्बिया, डेनमार्क, इन्डोनेसिया, मेक्सिको, इथापिया, केन्या, नेदरल्याण्ड, साउथ अफ्रिका र कोरिया सहित १२ देश, ग्लोवल ग्रिन ग्रोथ इन्सिच्युच, बल्र्ड इकोनोमिक फोरम लगायत २४० व्यापारिक र नागरिक समूहहरु संलग्न रहेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपतिले आगामि सन् २०२५ सम्म हरित अर्थतन्त्रका लागि उल्लेखनीय रकम लगानी गर्ने बताएका छन् । राष्ट्रपति मुनले सोलमा स्थित ग्लोबल ग्रिन ग्रोथ इन्सच्युट ५ मिलियन अमेरिकी डलर रकमका साथै पि४जिको व्यवस्थापनका लागि थप ४ मिलियन अमेरिकी डलर प्रदान गर्ने कुराको सुनिश्चितता गरेका छन् ।

मुनले ३० प्रतिशत जल र थल क्षेत्रलाई संरक्षित रूपमा विकास गरी जैविक विविधता जगेर्ना गर्न आगामी बेइजिङमा हुने कोप १५ लगायतका ३ महत्वपूर्ण फोरममा सक्रिय सहभागितको लागि अपिल गरेका छन् । राष्ट्रपति मुनले हाम्रा सन्ततीलाई हावापानी परिवर्तनको सङ्कटबाट टाढा राख्न COP 28 को आयोजना दक्षिण कोरिया गर्न उत्सुक रहेको कुरा बताए । आजै साझ नेताहरूमाझ संवाद कार्यक्रम सम्पन्न भएपछि सोल घोषणापत्र जारी हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको