१८ मंसिर २०७८, शनिबार

विवेकशिल साझा पार्टीद्वारा सुर्खेतमा कोरोना विरामीका लागि ‘अमृत भोजन अभियान’



१८ जेष्ठ, सुर्खेत । विवेकशिल साझा पार्टी सुुर्खेतले वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद अस्पतालमा करिव ५० जना विरामी, कुरुवा र अस्पताल कर्मचारीहरूलाई दैनिक ३ पटक भोजनको व्यवस्था गरिरहेका छ । कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरिएकाले खाना खाने क्यान्टिन र होटलहरू पनि नभएको अवस्थामा विवेकशिल साझा पाटीले यो अभियान सञ्चालन गरेको हो ।

अमृत भोजन अभियानकी संयोजक विनिता बोगटीले भनिन्, ‘कोभिड–१९ बाट संक्रमित विरामीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अस्पतालमा आउनु भएको छ । आयुर्वेद अस्पतालमा क्यान्टिन नहुँदा खाना खानको लागि साह्रै गाह्रो भएको अवस्थामा हाम्रो पार्टीले युवाहरूलाई परिचालन गरी विरामी र कुरुवाको निम्ति दैनि भोजनको व्यवस्था गर्दै आइरहेको छ ।’

अमृत भोजन अभियानको आज १३ औं दिनसम्म आइपुग्दा जिल्ला स्थित विभिन्न व्यक्ति, संस्थाहरूले सहयोग गर्दै आएका छन् । सुरुसुरुमा व्यक्तिगत रूपमा आफैंले पैसा उठाएर आवश्यक सामग्री खरिद गरेको अभियानकर्ताहरू मध्येका एक जना अगुवा राजेन्द्र विष्टले बताए । अभियानमा विभिन्न दाताहरूबाट पनि सहयोग आउने क्रम जारी रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको