१७ श्रावण २०७८, आईतवार

पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमाले स्थायी कमिटीको निर्णय



१८ जेष्ठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ । मंगलबार बसेको बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे समिक्षा गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

पार्टी प्रवक्ता ज्ञवालीले भने, ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ ।’

प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि पनि एमाले बैठकमा समिक्षा गरिएको छ । बैठकमा बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको समेत छलफल गरियो ।

आजको बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे एजेण्डा नै नभएको प्रवक्ता ज्ञवालीले बताएका छन् । अहिलेलाई वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु