१२ जेष्ठ २०८०, शुक्रबार

वरिष्ठताको आधारमा एक साताभित्र इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश सहमत



१८ जेष्ठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा वरिष्ठताको आधारमा एक साताभित्र संवैधानिक इजलास पुनर्गठन गर्न सहमत भएका छन् । प्रधानन्यायाधीश राणाले सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफल गरेपछि वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।

उक्त छलफलका बारेमा शाक्यले संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली २०७२ शंसोधनका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट निर्णय गरेर न्याय परिषद्मा पेश गर्ने सहमति गरिएको बताए । एक साताभित्र संशोधनको प्रस्ताव ल्याइ पूर्ण इजलासबाट निर्णय गराइ न्याय परिषद्बाट पास गर्ने समझदारी बनेको शाक्यको भनाइ छ ।

बारका अध्यक्ष पूर्णमान शाक्यले भने, ‘संवैधानिक इजलासको नियममै आवश्यकताअनुसार परिमार्जन गरी वरिष्ठताको आधारमा इजलास गठन गर्ने र वरिष्ठताको आधारमा गठन गर्दा पनि उनीहरूबारे पनि स्वार्थ बाझियो वा स्वास्थ्यको कारणबाट बस्न नसक्ने भयो भने त्यसभन्दा तलको सिनियर जो छ उसलाई ल्याएर इजलास गठन गर्ने कुरामा सम्माननीयज्यूले सहमति जनाउनु भएको छ ।’

वकिलहरूले संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने अडान लिएपछि इजलासमा विवादले चर्को रूप लिएको थियो । विवादलाई निरुपण गर्न प्रधानन्यायधिश राणाले सर्वोच्च बारसँग परामर्श गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको