दैलेखमा १६ जनामा कोरोना पोजेटिभ, भाइरस समुदायस्तरमा फैलिसकेको अनुमान
११ साउन, काठमाडौं । दैलेख जिल्लाको ठाँटिकाँध गाउँपालिकाका १६ जनमा कोरोना संक्रमण पुष्ठि भएको छ । गाउँपालिकाका ७६ जनाको परिक्षण गरिएकोमा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
बम्बैबाट आएका आग्रा र सीराडी गाउँका २ जनालाई क्वारेन्टाइनमा नराखिएको कारण उनीहरुबाट कोरोना फैलिएको ठाँटिकाँध गाउँपालिकाका सुचनादाताले रारापाटीलाई जानकारी दिएका छन् । संक्रमित मध्ये तरकारी, फलफुल पसलका २ जना र ३ शिक्षक रहेका छन् ।
बम्बैबाट आएका दुबै जनमा कोरोना पोजेटिभ देखिए पछि भाइरस समुदायस्तरमै फैलिसकेको अनुमान गरिएको छ । तरकारी फलफुल पसलका दुई जनामा पनि कोरोना पुष्टी भएपछि स्थानीयवासी एकाएक त्रसित बनेका छन् ।
संक्रमितको उपचारका लागी प्रदेशबाट २ जना डाक्टर र गाउँपालिकाको सुरक्षा व्यवस्थामा थप कडाई गर्न सशस्त्र प्रहरी पठाइएको छ । अहिले संक्रमित १६ जनालाई क्वारेन्टाइनमा राखेर ठाँटिकाँध बजारमा कफ्र्यू लगाइएको गाउँपालिकाले जनाएको छ ।