२० श्रावण २०७८, बुधबार

महाधिवेशन नै नगरी ९ वर्षमा युवा संघले बनायो किरण पौडेललाई सातौं अध्यक्ष



१७ जेष्ठ, काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको जेष्ठ १६–१७ बसेको सचिवालयको भर्चुअल बैठकबाट किरण पौडेल नयाँ अध्यक्षमा चयन भएका छन् । उनी निवर्तमान अध्यक्ष बच्चनबहादुर सिंह उमेर हदबन्दीका कारण विदा हुने अवस्था भए पछि सचिवालय बैठकबाट अध्यक्ष छनौंट भएका हुन् । पौडेल ९ वर्षमा महाधिवेशन नै नगरी राष्ट्रिय युवा संघ नेपालको सातौं अध्यक्ष बनेका छन् ।

२०६९ फागुन ११ गतेदेखि १३ गतेसम्म बुटवलमा सम्पन्न युवा संघको आठौं महाधिवेशनबाट अध्यक्षमा महेश बस्नेत निर्वाचित गरेयता महाधिवेशन नै नगरी टीके अध्यक्षका भरमा युवा संघ चल्दै आएको छ ।

महेश बस्नेत मन्त्री भएपछि निरुदेवी पाल अध्यक्ष भएता पनि सर्वस्वीकार्य बन्न नसकेछि राजीव पहारी अध्यक्षलाई बनाइयो । महाधिवेशन गर्ने जिम्मेवारी पाएका पहारीले ३ वर्षमा पनि महाधिवेशन गर्न नसक्दा रमेश पौडेललाई अध्यक्ष बनाइयो । त्यसै बीचमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकरण भएर नेकपा बनेपछि नाम परिवर्तन गरी बनाएको राष्ट्रिय युवा संघको अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ भए ।

२०७७ फाल्गुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपाबाट एमाले र माओवादी केन्द्रलाई पूर्ववत २०७५ जेष्ठ २ गतेको अवस्थामा फर्काई दिएपछि पार्टी अध्यक्ष केपी ओली समुहको नाम परिवर्तन गरी बनाइएको राष्ट्रिय युवा संघको अध्यक्ष बच्चनबहादुर सिंह र वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधव नेपाल समुहको युवा संघका अध्यक्ष नरेश शाही भए । यस बीचमा अध्यक्ष बच्चनबहादुर सिंह र अर्का अध्यक्ष नरेश शाही २ वटा समानान्तर कमिटी बनाई गतिविधि गरिरहेको अवस्थामा आठौं महाधिवेशनपछि सातौं अध्यक्षका रूपमा किरण पौडेलले जिम्मेवारी पाएका छन् ।

विधान अनुसार युवा संघको अधिवेशन प्रत्येक तीन–तीन वर्षमा हुन पर्ने भनिएता पनि दुवै पक्षले विधानको धज्जी उडाएका छन् । बुटवल महाधिवेशन ताका युवा संघको सदस्यता नै नलिएका र प्रतिनिधि नै नभएका थुप्रै मानिस युवा संघ पदाधिकारी र महत्वपूर्ण जिम्मेवारीमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु