कोरोनालाई जितेर घर फर्किए पूर्वडिआइजी रमेश खरेल
१७ जेष्ठ, काठमाडौं । पूर्वडिआइजी रमेश खरेल कारोना संङ्क्रमण मुक्त भई घर फर्किएका छन् । नेपाल प्रहरी अस्पतालमा उपचाररत खरेल स्वास्थ्य अवस्था सामान्य भएपछि सोमबार घर फर्किएका हुन् ।
तीन साता बढिको उपचारपछि खरेललाई सोमबार अपरान्ह डिस्चार्ज गरिएको नेपाल प्रहरी अस्पतालकी प्रमुख डा.आशा सिंहले बताइन् ।
फोक्सोमा निमोनिया देखिएपछि खरेललाई भेन्टिलेटरको सहायतामा हाई फ्लो अक्सिजन दिएर उपचार गरिएको थियो ।
कोरोना रिपोर्ट नेगेटिभ आइसकेपछि साधारण वार्डमा राखिएका खरेललाई अस्पतालले आज डिस्चार्ज गरेको पारिवारीक स्रोतले जनाएको छ ।