१९ जेष्ठ २०८०, शुक्रबार

गजल



हर हड्डी गनेर शरिरका, गलायौं तिमीले ।
चौतर्फी चर्ने यो ज्यान, ढलायौं तिमीले ।।
।।१।।
तिम्रो कुदृष्टिबाट बच्न, के मात्र गरिन प्रिय १
अन्ततः विषालु नजरवाण, चलायौ तिमीले ।।
।।२।।
भुकिरहने बनायौं, लुकिरहने बनायौं तिमीले ।
माछी माछी भ्यागुती खेलेर, छलायौं तिमीले ।।
।।३।।
छद्मभेषी तिम्रो अवतारको, प्रयोजन बुझिन प्रिय ।
जन्मेर जिउन नजान्दै, किन जलायौ तिमीले ?
।।४।।
फुलिरहेथ्यो फलिरहेथ्यो, यो फुलबारी सृष्टिको ।
रोपेर विषवृक्ष धड्कनमा, किन फलायौ तिमिले ?

गजलकार खड्का मध्यपश्चिमाञ्चल विश्वविद्यालयको शिक्षा संकायको सहायक डिन हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको