२२ जेष्ठ २०८०, सोमबार

सोमबार ६४९१ कोरोना मुक्त : ४७६२ जनामा कोरोना पुष्टि, ११४ को मृत्यु



१७ जेष्ठ, काठमाडौं । गएको २४ घण्टामा थप ६ हजार ४ सय ९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । आज (सोमबार) ६ हजार ४ सय ९१ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएकोमा ४ हजार १ सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै एन्टिजेन विधिबाट परीक्षण २४२५ जनाको गर्दा ५८४ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत ११४ जनाको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज थपिएकासहित हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ८३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको