६ आश्विन २०८०, शनिबार

नैपालमै पहिलो पटक किङ ओएस्टर च्याउको उत्पादन सुरू



१७ जेष्ठ, काठमाडौं । स्वादिष्ट मात्र होइन मानव स्वास्थ्यका लागि बहुगुणी किङ ओएस्टर च्याउको नेपालमै पहिलो पटक व्यवसायिक उत्पादन सुरुवात भएको छ । चिन, जापान, कोरिया लगायतका देशहरुमा प्रशस्त मात्रामा उत्पादन गरिने यो च्याउ नेपालमै पहिलो पटक उत्पादन गरिएको कम्पनिका सञ्चालक दिपक न्यौपानेले बताएका छन् ।

ओएस्टर च्याउ प्रतिरक्षा शक्ति बलियो पार्न निकै किफायति रहेको आधार भएको विभिन्न देशमा भएका अध्ययनहरूले पुष्टि गरीसकेको उत्पादकको दाबि छ ।

उद्यमशिल युवाहरूको समुहले एन.सि. एग्रोटेक इण्डस्ट्रिज प्रा.ली. नामको कम्पनीमार्फत करोडौंको लगानिमा नवलपरासीको गैंडाकोटमा व्यवसायिक रुपमा ओएस्टर च्याउको उत्पादन सुरु गरेको हो । दुईजना बिदेशी दक्ष कामदार लाई ‘वर्किङ भिषा’ दिएरै च्याउको उत्पादन सुरु गरिएको एग्रोटेक इण्डस्ट्रिजका सञ्चालक न्यौपानेले जानकारी दिएका छन् ।

‘गत बैशाखबाट उत्पादनको सुरु गरिएको उक्त च्याउ अहिले दैनिक १०० देखि १५० केजी उत्पादन भइरहेको छ ।’ सञ्चालक न्यौपानले भने, ‘दैनिक ४ हजार केजी उत्पादन गर्नै लक्ष्य लिएका छौँ । काठमाडौं बुटवल भैरहवा पोखरा लगायत नेपालका मुख्य शहरहरूमा ३६५ दिन नै बहगुणी ताजा आएस्टर च्याउ पुर्याउने उद्देश्य छ ।’

यो च्याउको व्यसायिक उत्पादन पश्चात कोल्डस्टोर र क्यानका च्याउ खान बाध्य नेपालीलाई ३६५ दिन नै ताजा अर्गानिक च्याउ खुवाउने लक्ष्य उत्पादक कम्पनिले लिएको छ । बिदेशबाट आउने च्याउमा रोक लगाएर व्यापारघाटा समेत कम गर्ने उद्देश्यसहित उत्पादन सुरू गरिएपनि हालसम्म कुनैपनी सरकारी निकायबाट अनुदान प्राप्त नभएको भन्दै सञ्चालक न्यौपानेले दुःख व्यक्त गरे ।

न्यौपानेका अनुसार किङ ओएस्टर च्याउ आजसम्म अनुसन्धान भएर पत्ता लगाइएका च्याउमध्ये सबैभन्दा ठूलो जातको च्याउ हो । यसको सरदर लम्बाई १० सेन्टिमीटरसम्म हुन्छ । पकाँउदा पनि यो च्याउको आकार जस्ताको तस्तै रहन्छ ।

ओएस्टरका स्वास्थ्यवद्र्धक गुणहरु :

यो च्याउ बिशेषगरी राइबोफ्लेविन, नाइसिन, प्यान्टोथेनिक एसिड, फोस्फोरस, पोटासियम, तामा, प्रोटीन, थायमिन, भिटामिन बी, फोलेट, फलाम, म्याग्नेसियम, जिंक र म्यागनीजको उत्तम स्रोत श्रोत मानिन्छ । यसमा संतृप्त बोसो र कोलेस्ट्रोल नगन्य मात्रामा मात्रै हुन्छ । यसकारण शरीरमा कोलेस्ट्रोल मात्रा कम गर्न, खराब कोलेस्ट्रोलको भएका व्यक्तिको वजन कम गर्न यो च्याउको सेवन निक्कै किफायति हुने व्यवहारिक अध्ययनले देखाएको थियो ।

मांसपेशीको दुखाईसँग सम्बन्धित समस्याहरू, कब्जियतसँग सम्बन्धित समस्याहरूको लागि पनि यो च्याउको सेवन अत्यन्तै लाभदायक सिद्ध भएको छ । शरीरलाई चाहिने अत्यावश्यक पौष्टिक गुणहरू अधिकतम मात्रामा यो च्याउमा पाइने हुनाले चिन, जापान, कोरिया लगायतका देशहरुमा प्रशस्त मात्रामा ओयस्टरको खपत हुँदै आएको छ ।

एन्टिअक्सिडन्टहरूको मात्रा ओएस्टर च्याउमा उल्लेखनीय मात्रामा पाइन्छ । यसको सेवनले शरीरका विभिन्न कोषहरू स्वस्थ राख्न मद्धत गर्छ । रोग प्रतिरोधात्मक प्रणालीलाई वृद्धि गरी शरीरलाई तन्दुरुस्त बनाउने गुण भएको यो च्याउमा एन्टि क्यान्सर गुणहरू पनि पाइन्छन् । यसकारण स्तन क्यान्सर लगायतका क्यान्सर रोगबाट जोगिन समेत यसको सेवन जरूरी रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको