लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेस नेता पाण्डे विजय
१७ जेष्ठ, सुर्खेत । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । पाण्डे १६० मत प्राप्त गरी विजय भएको जानकारी प्राप्त भएको छ ।
पाण्डेका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले १२३ मत प्राप्त गरेका छन् । राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा कुल ३ सय जना मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका थिए भने ३ जना अनुपस्थित भएका छन्।
उपनिर्वाचनको मतदान विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म दाङमा भएको थियो ।