१ आश्विन २०७८, शुक्रबार

कर्णाली प्रदेशमा एमालेले गर्यो बजेट अधिवेशन बोलाउन माग



१७ जेष्ठ, सुर्खेत । नेकपा (एमाले) को कर्णाली प्रदेश संसदीय दलले आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणका लागि कर्णाली प्रदेश सरकारलाई बजेट अधिवेशन बोलाउन माग गरेको छ ।

प्रदेश सरकारले असार १ गते भित्र बजेट ल्याउनु पर्ने व्यवस्था भएकाले तत्काल बजेट अधिवेशन बोलाउन सरकारले कुनै चासो नदेखाएका कारण तत्काल बजेट अधिवेशन बोलाउन माग गरिएको दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले बताए ।

शाहले भने, ‘बजेट आउनु अगाडीका केही प्रक्रियाहरू हुन्छन् । बजेटका बिषयमा संसदमा अगाडी केही बिषयमा छलफल गर्नुपर्ने हुन्छ । त्यसले बजेटको बिषयमा छलफल गर्नका लागि अधिवेशनको माग गरेका हौं ।’

प्रदेश सरकारले तत्काल संसद अधिवेशन बोलाउन नचाहेका कारणले संसद अधिवेशन बोलाउन ध्यानाकर्षण गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको