२१ जेष्ठ २०८०, आईतवार

नेपालगञ्जका मेयर धवलशम्शेरले गरे राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने घोषणा



१७ जेष्ठ, काठमाडौं । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा आफूले मतदान नगर्ने बताएका छन् ।

दाङमा बिहान ९ बजेदेखि उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालबाट निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत् राणाले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’

राष्ट्रिय सभा सदस्यको रिक्त सदस्यका लागि नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगञ्ज उप–महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनीसहित लुम्बिनी प्रदेशमा राप्रपाका दुई जना जनप्रतिनिधि रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको