१ आश्विन २०७८, शुक्रबार

ओली सरकारले एमसीसी कार्यान्वयनका लागि बजेट छुट्याउनु राष्ट्रघातीः भीम रावल



१६ जेष्ठ, काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौँता कार्यान्वयनका लागि केपी ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम भएको बताएका छन्। उनले यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गर्न अनुरोध गरेका छन् ।

नेता रावलले भनेका छन्, ‘पार्टी महाधिवेशनको निर्णय, विधान, निर्वाचित कमिटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने, जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहिन र अराजक काम गर्ने नेता केपीजी नै हो ।’

आइतबार बालुवाटारमा भएको कार्यक्रममा ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अनुशासनहिन काम गरेको बताएपछि उनले त्यसको जवाफ ट्विटरमार्फत् यस्तो लेखेका हुन् ।

रावलले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपतिसँग मिलेमतो गरी संविधान मिच्दै पटक–पटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसँग राती साउती गर्ने,राष्ट्रहित विपरितत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ।’

उनले आज मात्रै ३ वटा ट्विटर पोष्टमार्फत् प्रधानमन्त्री केपी ओलीका गतिविधिको विरोध गर्दै खरो टिप्पणी गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको