१४ जेष्ठ २०८०, आईतवार

नेपालमा पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना पुष्टि, ६२०५ जना संक्रमणमुक्त



१६ जेष्ठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनामा पीसीआर परीक्षण गरिएकोमा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको छ । उक्त जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएका हुन् ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार आइतबार काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १०९ जनाको मृत्यु भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको