११ मंसिर २०७८, शनिबार

यो बजेट कार्यान्वयन गर्नलाई नै ल्याइएको होः अर्थमन्त्री पौडेल



१६ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयन गर्नका लागि ल्याइएको बताएका छन् । सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ बजेट ल्याएको दाबी गरेका छन् ।

उनका अनुसार कोभिड महामारीको नियत्रण रोकथाम र उपचारका लागि नै केन्द्रित भई बजेट ल्याइएको छ । अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोण सहित बजेट प्रस्तुत भएको पौडेललेबताए ।

सरकारले महामारीलाई मुख्य चुनौतीका रुपमा स्वीकार गरी त्यस अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको पौडेलले बताए । उनले खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने विश्वासका साथ राजश्वको लक्ष्यहरू निर्धारण गरिएको स्पष्ट पारे । मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको अर्थमन्त्री पौडेलले दावी गरे ।

मन्त्री पौडेलले बजेट भोलिदेखि नै कार्यान्वयनका विषयमा छलफल अघि बढाई कार्यान्वयनको अभियानलाई समेत तदारुकताका साथ अगाडि बढाउने बताए । सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सबै संयन्त्रलाई चलायमान बनाइने अर्थमन्त्री पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको