अठन्ने अर्थमन्त्रीले बजेट लागु गर्न ल्याएको नै होइनः हरि रोका
१६ जेष्ठ, काठमाडौं । राजनीति अर्थशास्त्री हरि रोकाले अठन्ने अर्थमन्त्रीले बजेट लागु गर्न पर्छ भनेर ल्याएको नै होइन भनी खरो टिप्पणी गरेका छन् । उनले भावी सम्भावित सरकारलाई असहज र अपठ्यारो बनाउन केन्द्रित रही बजेट ल्याएको दावी गरेका छन् ।
रोकाले विपक्षी दललाई पनि कडा रूपमा भनेका छन्, ‘विपक्षीमा रहेका अर्थशास्त्री र राजनीतिज्ञको दिल र दिमागले सहज ढङ्गगले काम गरिरहेको छ भने न्युनतम सहमतीको कार्यक्रम बनाउन थाल। होइन भने रूवाइ बन्द गर ।’
उनले सामाजिक सञ्जालमार्फत् यस्तो खरो टिप्पणी गरेका हन्, ‘पूर्व अर्थमन्त्रीहरू चाहे कम्युनिष्ट नामधारी हुन या कांग्रेस विचरा छन। महतले त देउवाको प्रममा दावी रहेसँगै आफुमाथि गहन जिम्मेवारी आएको ट्वीटरमा पोष्ट्याएका थिए ।अठन्ने (बालुवाटार जग्गा प्रकरण) अर्थमन्त्रीको आजको प्रस्तुति आफु रहि रहन्छु र आफुले नै बजेट लागु गर्न पर्छ भनेर बजेट ल्याएको नै होइन । भावी सम्भावित सरकारलार्इ असहज र अपठ्यारो बनाउन केन्द्रित रहेको बुझिन्थ्यो । विपक्षीमा रहेका अर्थशास्त्री र राजनीतिज्ञको दिल र दिमागले सहज ढंगले काम गरिरहेकोछ भने न्युनतम सहमतीको कार्यक्रम बनाउन थाल। होइन भने रूवाइ बन्द गर । यो मेरो आजको बजेट भाषणको राजनीति अर्थशास्त्रको विध्यार्थीको हैँसियतले बुझाइ ।’