सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रवीन्द्र अधिकारी विमानस्थल राखिने
१५ जेष्ठ, काठमाडौँ । नेपाल सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गरी हेलिकप्टर दुर्घटनामा दिवङ्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा रवीन्द्र अधिकारी विमानस्थल राख्ने भएको छ ।
त्यस्तै सरकारले चुहान डाँडा विमानस्थलको नाम आङ्छिरिङ विमानस्थल राख्ने घोषणा गरेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा विमानस्थल निर्माणका लागि १ अर्ब ३३ करोड विनियोजन गरेको छ।
आज बजेट वक्तव्यमार्फत् अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक विमानस्थल निर्माण तथा उस्तर उन्नतिका लागि उक्त रकम विनियोजन गरेका हुन् ।