२१ जेष्ठ २०८०, आईतवार

मेरी आमा



यस्तै पानी पर्दा मेरी आमा निर्थुक्क भिजेको धोतीले मुख पुछ्दै घरभित्र छिर्नु हुन्थ्यो, अनि हतारिँदै सोध्नुहुन्थ्यो, ‘तिमीहरूलाई भोक लागिरहेको होला, नआत्तियो, म रोटी बनाउँछु, जे छ घरमा त्यहि छिटो छिटो बनाएर खुवाउँछ ।’ आज पानी निरन्तर परेको ४–५ दिन भइसक्यो, मेरी आमाको धोती आजसम्म सुक्न पाएको छैन होला । आमाले हाम्रा लागि खाना बनाउने निहुँमा अँगेनामा आफ्नो धोती सुकेको पत्ता पाउनु हुदैनथ्यो । आज त्यो धोती सुक्नलाई आमाले अँगेनोमा आगो बाल्न सक्नु भएको छैन किनकी छोराछोरी उहाँका साथमा छैनौं । अनि कहाँबाट दिउँसोमा आँगो बल्छ । मेरी आमाको भान्सामा धोती पनि सुकेको छैन होला कति दिनदेखी मेरी आमाको !

अनौपचारिक रूपमा हात्ती सुँढे वा आरी घोप्ट र धुम (स्याकु) वा छाता छेड्ने पानी भन्थ्यौं । एक्कासी मेरी आमाको यादहरूलाई बोकेर ल्यायो । सायद मेरी आमालाई आज भोक लाग्यो कि ! कोरोनाले थलिएकी मेरी आमा जस्तै हजारौं आमाहरूको कसैले धोइ दिएको धोती फेरी यो मुसलधारे पानीले भिज्यो कि ! सायद आमालाई आज धेरै छोराछोरीको याद आएर रुनु भयो कि ! त्यसैले मुसलधारे पानी परिरहेको हो कि ?

अचेल नेपालमा भारी वर्षा भएको छ वा हुने क्रममा छ । पहिले बाक्लो झरी, अविरल वर्षा, भिषण वर्षा, मुसलधारे वर्षा, हावाहुरी सहित, असिना सिमसिमे पानी वा फाट्टफुट्ट पानी पर्ने र समयमा नै रोकिन्थ्यो । अनौपचारिक रूपमा हात्ती सुँढे वा आरी घोप्ट र धुम (स्याकु) वा छाता छेड्ने पानी भन्थ्यौं । तर खै आजकलको यो भारी वर्षा कहाँबाट कसरी आयो, आयो । एक्कासी मेरी आमाको यादहरूलाई बोकेर ल्यायो । सायद मेरी आमालाई आज भोक लाग्यो कि ! कोरोनाले थलिएकी मेरी आमा जस्तै हजारौं आमाहरूको कसैले धोइ दिएको धोती फेरी यो मुसलधारे पानीले भिज्यो कि ! सायद आमालाई आज धेरै छोराछोरीको याद आएर रुनु भयो कि ! त्यसैले मुसलधारे पानी परिरहेको हो कि ?

आमा, आज तिमी बढेस कालमा थलिँदा पानी तताएर दिने साथमा छोराछोरी नहुँदा नि तिम्रो आफ्नो बच्चाप्रति केहि गुनासो छैन । पिँडा नदेखाई हाँसीहाँसी बोलिदिन्छ्यौं अनि भित्र अँध्यारो कोठामा गएर रुन्छ्यौं बुढी माऊ ।

आमालाई नेभेटेको पनि वर्षौं भएछ, मेरी आमाको अनुहारको चमक कस्तो भएको होला ? कपाल फुलेर सेताम्ये भएको होला । तिम्रो लाउने चोलो र धोतीमा मयल जम्मा भएको होला । कमजोर भयौं होला आमा केहि परिस्थितिले त केहि छोराछोरीको पिँडाले । तिम्रा निधारमा धेरै मुजा परेको छ रे भन्ने पनि सुनेको छु । आमा पल्ला घरको कान्छीले भन्दै थिइ, ‘तिमी फोन चलाउन जान्दिनौं । कति आत्तिन्छौं होला छोराछोरी सम्झेर ? कति तड्पिन्छौं होला आमा ? आफ्ना छोराछोरी आफूबाट एकपल टाढा हुँदा कस्तो हुन्छ भन्ने कुरा आज म आमा भएपछि अुनभव गर्दैछु आमा । सन्तानको खुशीको लागि आफ्नो जीवनलाई तिलाञ्जली दिने सम्पूर्ण आमाहरूलाई मेरो नमन । भला आमा नपेढेकी नजानेकी होलिन तर तिमीलाई आज यो स्थितीमा र स्थानमा पुर्याउने तिम्रो आमा नै हो मनको कुरा बुझ्ने हामीलाई दुःख पर्दा आफ्नो दुःख सम्झीँ रातदिन खटियौं । आमा, आज तिमी बढेस कालमा थलिँदा पानी तताएर दिने साथमा छोराछोरी नहुँदा नि तिम्रो आफ्नो बच्चाप्रति केहि गुनासो छैन । पिँडा नदेखाई हाँसीहाँसी बोलिदिन्छ्यौं अनि भित्र अँध्यारो कोठामा गएर रुन्छ्यौं बुढी माऊ ।
धेरै माया आमा !

लेखक भण्डारी जनप्रशासन कलेजमा प्राध्यापन पेशामा सङ्लग्न छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको