गरिबी निवारण कोष खारेज, गरीबलाई परिचयपत्र दिइने !
१५ जेष्ठ, काठमाडौं । गरिबी निवारण कोषको औचित्य नभएको निष्कर्ष निकाल्दै सरकारले कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोष खारेज गरिने जानकारी दिएका हुन् ।
गरिबलाई राहत कसरी प्रदान गर्ने भन्ने सन्दर्भमा ठोस कार्यक्रम सार्वजनिक नगरी अर्थमन्त्री पौडेलले आवश्यक बजेट छुट्याएको जानकारी गराएका छन् ।
उनले गरिब परिचय पत्र बनाई उक्त वर्गलाई समेट्ने आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए ।