अध्यादेशमार्फत् बजेट ल्याइयो, यस्ता छन् सरकारका राहत कार्यक्रम
१५ जेष्ठ काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारको २०७८/७९ को बजेट सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री पौडेलले आज (शनिबार)अनुमानित् १६ खर्ब २० अर्ब बराबरको बजेट सार्वजनिक गरिरहेका छन् ।
आगामी वर्षको बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा गरिएको छ ।
सरकारका राहत कार्यक्रमहरू यस्ता छन् :
– २० हजार लिटर खानेपानीको महशुल छुट
– सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट
– खानेपानी तथा सिंचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट
– निषेधाज्ञा अवधिमा ग्रास्थ बिजुली उपभोक्तालाई महशुलमा छुट
– होटललाई पनि उद्योग सरह मान्यता दिएर छुट तथा सुविधा
– होटलले आइसोलेस सेन्टर सञ्चालन गरेमा सरकारले रकम दिने
– कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान
– विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटम किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको ऋण
– सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने
– व्यवसाय निरन्तरता कर्जा निरन्तर हुने
– सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा पचास प्रतिशत भाडा छुट
– पुर्नकर्जा अझै विस्तार हुने
– सहुलियत कर्जा पनि निरन्तर हुने
– सरकारी कर्मचारीलाई १० दिनको भ्रमण काज
– १ अर्बको च्यालेञ्ज फण्ड