१ असार २०७८, मंगलवार

द्वापर युगीन मथुरा र आजको नेपाल


पुरुषोत्तम पौडेल
१५ जेष्ठ २०७८, शनिबार

वैदिक युगमा मथुरा एउटा सुन्दर राज्य थियो । मथुराका राजा उग्रसेन ज्ञान र विवेकका आधारमा राज्य सञ्चालन गर्दथे । उनी राज्यमा भएका ऋषि मुनीहरू र विद्वान विदुषीहरूलाई आफ्नो वरीपरी राख्ने गर्थे । उनीहरूको सल्लाह सुझावहरू लाई ख्याल गरेर प्रजाहरूको खुशीका लागि नगर प्रतिनिधिहरूको सल्लाहमा काम गर्ने गर्दथे । राजनिती र राजपरम्पराको ख्याल गरेर मात्र कार्य सम्पादन गर्थे । यसले गर्दा राजा उग्रसेन लोकप्रीय र आदर्श शासकमा कहलिएका थिए । उनी अत्यन्तै प्रजावत्सल र धर्मात्मा राजा थिए । यस्तो शासन शैली उनका पुत्र युवराज कंशलाई ठ्याक्कै मन परेको थिएन ।

युवराज कंश चाही ज्यादै स्वार्थी र महत्त्वाकाङ्क्षी थिए । राज्यभरी उनको दादागीरी व्याप्त थियो । युवराज कंश विस्तारै मथुरा भरी आतङ्कको पर्याय बनिसकेका थिए । उनी आफ्नो बुवाका हरेक कृयाकलाप माथी नजर लगाइरहेका थिए । उनी कुनै हालतमा आफ्नो इच्छा पुरा गरी छाड्ने उदण्ड, अहंकारी र जिद्दी स्वभावका थिए । नगरभरी उनको आतंकले सिमा नाघेर अती भइसकेको थियो । एकदिन नगर भरीका प्रतिनिधिहरू महाराजा उग्रसेनलाई भेटेर आफ्नो दुख विसाउन राज सभामा पुगे । राजासँगको भेटमा उनीहरूले वसुदेवको उपस्थीतीमा युवराज कंशको आतङ्कको सवै कथा कहानी सुनाए । महाराज उग्रसेन छक्क परेर सुनिरहे । अव त के चाहियो र । कुरा सकिई गो ।

युवराज कंशका जासुसले पिता महाराजसँग नगर प्रतिनीधिले गरेका सवै कुरा लगेर उनको कान भरे । यस्तो कुरा सुन्ने वित्तीकै युवराज कंश आगो भएर तत्क्षण आफ्ना पिता महाराजको कक्षमा पुगे । उनले पिता महाराजसँग सिधै राज मुकुट आफूलाई दिन धम्की दिए । विचरा विधी र परम्पराको कुरा गरिरहेका राजा उग्रसेन अक्कमक्क भए । आफ्ना छोराले भनेको कुरा के हो वुझ्नै सकेनन । यो के भन्दैछस् छोरा ? भनेर के भन्न खोजेका थिए, युवराज कंशले तरवार निकाली हाले । छोराको रौद्ररूपको अगाडि राजा उग्रसेनको केही लागेन । उनले राजमुकुट सुम्पि दिए । कंशले आफ्नै पितालाई वन्दिगृहमा कोचेर आफै राजा भएको घोषणा गरे ।

वास्तवमा कंश मथुराका पिँडा थिए । उनी सम्राट मूर्खाधिराज थिए । उनी अपराधीक मनोवृत्तिका महाविनाशक थिए । उनलाई राजनीतिका आदर्श, आदर्श शासन र राजपरम्परासँग कुनै सरोकार थिएन । उनलाई आफ्नो तरवारको तागत, शान, शौकत र सत्ताको उन्माद थियो । उनी आफुसँग सबैलाई वशीभूत गर्ने तागत भएको घमण्ड गर्थे । उनले आफ्नो आलोचना र विरोध गर्ने सवैलाई तह लगाए । विरोधीहरू सबैलाई यात देश निकाला गरिदिए यात बन्दी वनाएर जेल भित्र कोची दिए । आफ्नै बालसखा वसुदेवलाई समेत उनले बाँकी राखेनन् । प्रेमपूर्वक आफ्नी बहिनी देवकीसँग विवाह गरी दिएर दुवैलाई वन्दि बनाएर जेलमा हाली दिए । यसरी उनी आफ्नो खाल्डो आफै खन्दै थिए ।

कंश आफ्ना वरीपरी नन्दी–भृङ्गी प्रशंसकहरू मात्र देख्न चहान्थे । आफ्ना प्रसंसकहरूले प्रशंसामा भजन गरेको मात्र सुन्न मन पराउँथे । उनी अरूको दुख र पिँडामा आनन्द लिन्थे । आफ्ना विरोधीहरूलाई गाली वेइज्जती तथा अपमान गरेर आनन्द लिन्थे । विरोधीहरू दमन गर्नु, निर्घात कुटपिट तथा साङ्घातिक आक्रमण गराउनु, अनी डर, त्रास र आतङ्कमा वाच्न विवश बनाउँथे ।

महाराज कंश आफ्ना वरीपरी नन्दी–भृङ्गी प्रशंसकहरू मात्र देख्न चहान्थे । आफ्ना प्रसंसकहरूले प्रशंसामा भजन गरेको मात्र सुन्न मन पराऊथे । उनी अरूको दुख र पिँडामा आनन्द लिन्थे । आफ्नो शक्ति र रवाफको पुल बाँधेको सुनेर मज्जा मान्थे । आफ्ना विरोधीहरूलाई गाली वेइज्जती तथा अपमान गरेर आनन्द लिन्थे । विरोधीहरू दमन गर्नु, निर्घात कुटपिट तथा साङ्घातिक आक्रमण गराउनु, अनी डर, त्रास र आतङ्कमा वाच्न विवश वनाउथे । सर्वत्र डर, त्रास, आतंक र केवल शक्तिको उदण्ड शासन देखाउन चाहान्थे । सारमा महाराज कंशको द्वापर युगको शासन युगकै सबैभन्दा अत्याचारी शासन थियो । त्यसैले उनको पतन पनि चाडै भयो ।

आज हाम्रो देशमा पनि कोरोनाको कारणले हाहाकार मच्चीएको छ । कोभिड महामारीको कारण प्रत्येक दिनको मृत्युको समाचारले आम जनता आतंकित छ । प्रत्येक दिन २०० को हाराहरीमा नागरीकहरूले ज्यान गुमाउनु परिरहेको छ । आम जनता राहत र उपचारको खोजीमा भौतारिरहेको अवस्था छ । यस्तो जटिल परिस्थीतीमा समेत सरकार विरामीहरूको लागि औषधी उपचार, अक्सिजनको व्यवस्था, यथोचित भेण्टीलेटरको उपलव्धता र राहतका काममा यथेष्ठ ध्यान लगाइरहेको छैन । अझ यस्ता विषयमा छलफल गरेर समाधान खोज्न संसद बोलाउनु पर्ने हो । सर्वदलीय छलफल गरेर सवै दलहरूलाई एकजुट बनाएर अघि वढ्नु पर्ने हो । तर देशका प्रधानमन्त्री र सरकार संसदमा वहुमत सिध्द गर्नै पर्ने जीम्मेवारीबाट समेत भागेर जनताको सार्वभौम संसद नै भङ्ग गर्न अग्रसर भएको छ । यो निस्चीत रूपमा कुलक्षण हो ।

अहिलेका हाम्रा शासकहरूले पनि आलोचना गर्नेहरूलाई पार्टीबाटै निकाली दिने अवस्था छ । पार्टीमा यथेष्ठ प्रशंसकहरूलाई भर्ना गरेर एकलौटी पार्टी बनाइएको अवस्था छ । राज्यका नियन्त्रण र सन्तुलन कायम गर्न खडा गरिएका निकायहरूलाई वशिभुत बनाएर मन–मौजी सत्ता चलिरहेको छ । यो प्रवृती द्वापर युगीन मथुराका शासक कंशसँग ठ्याक्क मिल्न गारो छ तर नजिक नजिक भने पक्कै छ ।

यती मात्र होईन शासन शैली विलकुल एकलकाँटे छ । बहुदलीय व्यवस्थामा दलको निर्णय अपमानित भइरहेको छ । दल र दलको विधी शासकलाई अस्वीकार्य भैरहेको छ । वरू आफ्नो निर्णय दलमा लादिदैछ । आफुले भने अनुसार माने पार्टी बुझ्ने अन्यथा आफैलाई पार्टी घोषित गरिदिने चलन चल्दैछ । आलोचना गर्नेहरूलाई पार्टीबाटै निकाली दिने अवस्था छ । पार्टीमा यथेष्ठ प्रशंसकहरूलाई भर्ना गरेर एकलौटी पार्टी वनाईएको अवस्था छ । विधी विधानलाई आफ्नै खल्तीमा राख्ने काम भएको छ । राज्यका नियन्त्रण र सन्तुलन कायम गर्न खडा गरिएका निकायहरूलाई वशिभुत बनाएर मन–मौजी सत्ता चलिरहेको छ । यो प्रवृती द्वापर युगीन मथुराका शासक कंशसँग ठ्याक्क मिल्न गारो छ तर नजिक नजिक भने पक्कै छ ।

तर धेरै कुरा मिल्न खोजी रहेको छ । किनकी आलोचनात्मक चेत भएका, विधी र विचारको ज्ञान भएका सवैलाई वहिस्कार गरेको देख्दा शङ्का लाग्छ । दशकौ पुराना, ऐतिहासिक पृष्ठभूमी युक्त सहकर्मी तथा सहयोद्वा साथीहरूलाई ठेगान लगाएर शासन गर्ने अनर्गल प्रयास भैरहेको देख्दा अहिले पनी उहि झल्को आउछ । विवेक र विचारको बहसलाई डण्डा लगाएर लखेट्दै गुटवाज भजनियाहरू, चाकर, चाप्लुस तथा चाटुकारहरूलाई लिएर जाई लागेको देख्दा स्वयम् कंशकालको याद आउँछ । सन्काहा, षड्यन्त्रकारीहरू र विवेकशुन्य भिजीलान्तेहरूको हालीमुलाली हेर्दा दैवी सिध्दान्तकै शासन जस्तो लाग्छ । उनी अवाञ्छित माफियाहरू र कमिशनखोरहरूको चालबाजीमा फसेका राजनेताको नेपालमा चलीरहेको शासन शैली हेर्दा उहि चालको झल्को आउँछ ।

आजकल हाम्रो देशका शासकमा पनि अहंकारी र स्वार्थी कंशवाद हावी हुन थालेको छ । केवल सत्ता र शक्ति मात्र प्रभावी छ । विधी, विचार र विवेक पुरा बन्दी भएको छ । फरक यत्ती हो । कंश वैदिक युगमा थिए । धेरैलाई समातेर हत्या गरे, जेलमा कोची दिए । यिनी आजको युगमा छन् । लोकतन्त्रको हत्या गरेर सत्ता कब्जा गरे अनी सवैलाई वेदखल गरी दिए ।

दुई तिहाई बहुमतबाट डिमोसन भएर एकतिहाईमा झरी सक्दा पनि चेत खुलेको छैन । पटक पटक सरकार संसद फेस गर्न नसक्दा पनि चेत खुलेको छैन । पटक पटक संसद विघटन गरेर एक्लिँदा पनि चेत खुलेको छैन । चाप्लुस र चाटुकार बाहेक सवै एकातिर भएर आलोचना गर्दा पनि चेत खुलेको छैन । जव देशका शासक शक्तिको भाषा मात्र वोल्न र वुझ्न थाल्दछन, तव देश वरवादी तिर लागेको पनि थाहा पाउदैनन । आजकल हाम्रो देशका शासकहरूको दशा पनि त्यस्तै भएको छ । अहंकारी र स्वार्थी कंशवाद हावी हुन थालेको छ । केवल सत्ता र शक्ति मात्र प्रभावी छ । विधी, विचार र विवेक पुरा बन्दी भएको छ । फरक यत्ती हो । उनी वैदिक युगमा थिए । धेरैलाई समातेर हत्या गरे, जेलमा कोची दिए । यिनी आजको युगमा छन् । लोकतन्त्रको हत्या गरेर सत्ता कब्जा गरे अनी सवैलाई वेदखल गरी दिए । बस यत्ति हो ।

लेखक पौडेल नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु