गणतन्त्रका महानायकहरू गिरिजा, माधव र प्रचण्डः वामदेव गौतम
१५ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले २०६५ जेठ १५ गते गणतन्त्र स्थापना गर्ने युगान्तकारी संघर्षका महानायकहरु नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष प्रचण्ड भएको बताएका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा रहेको कुरा गौतमले सामाजिक सञ्जालमार्फत् बताएका छन्।
गौतमले सो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको दावा गरेका छन्।
उनले १४औं गणतन्त्र दिवसका अवसरमा सवै शहीदहरूप्रति श्रद्धान्जली र अग्रज नेताहरुलाई सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गरेका छन् ।