१ आश्विन २०७८, शुक्रबार

सरकारले ४ बजे बजेट सार्वजनिक गर्दै



१५ जेठ, काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रेहेको छ ।

अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुनेछ । बजेटबारे अन्तिम निर्णय गर्न आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

सरकारले करीब १६ खर्बको आकारमा बजेट ल्याउने तयारी गरेको जानकारी प्राप्त भएको छ । संविधान वमोजिम १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको