१६ श्रावण २०७८, शनिबार

गणतन्त्र दिवस सैनिक हेडक्वाटरमा मनाइदै



१५ जेठ, काठमाडौं । यस वर्ष कोरोना महामारीका कारण गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ । विगतका वर्षहरूमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा गर्न लागिएको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार सैनिक मुख्यालयको जंगीअड्डामा आयोजित कार्यक्रममा सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई मात्र बोलाइ गर्न लागिएको जानकारी प्राप्त भएको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहेको र कार्यक्रमको चाँजोपाँजो भने गृहमन्त्रालयले मिलाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु