दुख्छ मात्र दुःखी मात्र रहन्छ
खान पुगेन भने मन दुख्दैन भोक लाग्छ
पैंसा पुगेन भने मन दुख्दैन लोभ लाग्छ
आफन्त विते भने मन दुख्दैन शोक लाग्छ
तर छोरा छोरी बिते भने के दुख्छ ?
न बताउन सकिन्छ, न देखाउन सकिन्छ
मन दुख्छ मात्र होइन दुखी मात्र रहन्छ
मनको अन्तर कुन्तरमा कता दुख्छ ? कहाँ दुख्छ
थाहा हुँदैन,
न चेप्न सकिन्छ, न सेक्न सकिन्छ
दुख्छ मात्र दुःखी मात्र रहन्छ
जीवनको हर खुसीमा, हर क्षणमा
कता कता, अन्तर कुन्तरमा
दुख्छ मात्र दुःखी मात्र रहन्छ
छोरा छोरी बिते भने
भित्र भित्रै मनै दुख्छ तनै दुख्छ ।
कवि राष्ट्रिय सभाका पूर्व सदस्य हुन् ।