पहिलो पटक महिनावारी हुँदा अपराध गरेको अनुभूती
म पहिलो पटक महिनावारी हुँदा अपराध गरेको जस्तो लागेको थियो मलाई यो प्राकृतिक प्रक्रिया हो भन्ने थाहा भए पनि। घरमा भन्न लाज लाग्यो । साथीहरूसँग पनि महिनावारी सुरू भयको कुरा लुकाउने चलन हुन्थ्यो त्यो बेला। हाम्रो पाठ्यक्रममा त थिएनन् यी सब कुरा । महिनावारी पाप होइन, महिनावारी हुँदा यसरी यसरी स्याहार गर्नु पर्छ अथवा यसरी प्याड लाउनु पर्छ।
कति वर्षसम्म हरेक महिनाका ५ दिनलाई रातो मार्क गर्दै मेरा लागि काला दिन भन्दै बसे, जबसम्म म आफै बुझ्ने भएन हाइजिनका बारेमा। हाइजिनका बारेमा बुझ्न उमेरले होइन अझ पहुँचताले बढि फरक पार्दो रहेछ। सबै महिनावारी हुने केटी मान्छे हरेक महिना न्युनतम १०० रूपियाँको प्याड प्रयोग गर्ने ल्याकत राख्दैनन् । कतिपयलाई त थाहा पनि छैन प्याड भन्ने जिनिस पनि हुन्छ भनेर । कतिलाई त पुरानो कपडाको टालो पनि नसिब छैन होला । इन्फेक्सनका कुरा त धेरै पर।
देश छाउपडि मुक्त बनाउन छुट्याईका रकम प्याड फ्रि गर्न छुट्टाइउन। जे समस्या लगभग निर्मुल भइसक्यो त्यसैका लागि एजेन्डा जरूरी छैन। अबको एजेन्डा ‘सफा टालो’ अर्थात ‘फ्रि स्यानिटरी प्याड फोर अल वुमन’ हुन जरूरी छ।
अनि हामी सँधै अड्किरहन्छौ, सुदुरपश्चिमको छाउपडि प्रथामा । जुन प्रथा धेरै मात्रामा उन्मुलन भइसक्यो। तर पनि एजेन्डा त्यही, छाउपडि प्रथा उन्मुलन। छाउगोठमा बस्नुभन्दा बढि सास्ती शरीर र ओछ्यानमा रगत बग्नुको हुँदो हो, त्यो रगतको सिकसिक हुँदो हो। छाउ गोठमा सर्पले टोकेर मृत्यु आक्कल झुक्कल, तर फोहोर टालोको इन्फेक्सनले हरेक महिना हरेक युवतीको दुखाइ र त्यसले निम्त्याउने रोग र सङ्ख्या कति भयावह हुँदो हो ।
देश छाउपडि मुक्त बनाउन छुट्याईका रकम प्याड फ्रि गर्न छुट्टाइउन। जे समस्या लगभग निर्मुल भइसक्यो त्यसैका लागि एजेन्डा जरूरी छैन। अबको एजेन्डा ‘सफा टालो’ अर्थात ‘फ्रि स्यानिटरी प्याड फर अल वुमन’ हुन जरूरी छ।
लेखक शाह कलाकार तथा सञ्चारकर्मी हुन् ।