१९ जेष्ठ २०८०, शुक्रबार

३ वटा खेलकुद महासंघको संयुक्त विज्ञप्तिः ओलीको कदम जालझेलपूर्ण असंवैधानिक कृत्य



१४ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बहुमत नभएको स्वीकार गरी संविधानको धारा ७६ को ५ बमाजिम नयाँ प्रधानमन्त्रीका लागि सिफारिस गर्ने आफै बहुमतको नक्कली कागज लिएर पदमा टिक्न जालझेलपूर्ण र असंवैधानिक कृत्य गरेको भन्दै ३ वटा खेलकुद महासंघहरूले विरोध तथा भ्रत्र्सना गरेको छ ।

कोरोना महामारीका कारण दैनिक करिव २०० जनाले ज्यान गुमाउनु साथै अक्सीजन, भेण्टीलेटर र राहतका काममा लाग्नु पर्ने अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कुरा लोकतान्त्रिक पद्धति र आज जनताको चाहनामाथिको तुसारापात भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संसदको बेजेट अधिवेशन बोलाउने, कोरोना महामारीबाट जनतालाई सुरक्षित गर्न सबै दलहरूलाई एकजुट गरी सांसदहरूलाई विश्वासमा लिएर अगि बढ्नु पर्ने बेलामा प्रधानमन्त्रीले संसद विघटन जन भावना विपरित असंवैधानिक तथा अलोकतान्त्रिक कदम हो ।’

विज्ञप्ति नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन र अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाको संयुक्त हस्ताक्षर गरी जारी गरिएको छ । विपक्षी पार्टीहरूले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको नाममा बहुमत पुर्याए पनि असंवैधानिक ढंगले प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेको विज्ञप्तिमा बताइएको छ ।

विज्ञप्तिको पूर्णपाठः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको