३१ जेष्ठ २०७८, सोमबार

चीनले कृतिम सूर्य निर्माणको दिशामा चमत्कार गर्दै



१४ जेठ, चीन। चिनियाँ वैज्ञानिकहरू प्लाज्मामा फ्यूजन विधिबाट कृतिम सुर्य निर्माण गर्न दिशामा ठुलो सफलता हात पारेका छन् । हालै गरिएको एक प्लाज्मा फ्युजन परिक्षणमा उनीहरु १२० मिलियन डिग्री सेल्सिएर तापक्रम उत्पन्न गर्न सफल भएका छन् ।

आजै गरिएको यस परिक्षणमा १०१ सेकेण्डसम्म यसलाई टिकाउन सकिएको थियो । सिन्ह्वाद्वारा प्रकाशित समाचार अनुसार यस्तो फ्युजनबाट यति धेरै ताप लामो अवधिसम्म निकालिएको पहिलो पटक हो ।

यसअघि दक्षिण कोरियाले १०० मिलियन डिग्री सेल्सियस २० सेकेण्डसम्म कायम राख्न सकेको थियो । सुर्यको केन्द्रमा १५ मिलियन डिग्री सेल्सियस तापमान हुन्छ भने यो उपकरणमा सुर्यको केन्द्रभन्दा ७ गुणा बढी तापमान हुनेछ ।

सियामेन विश्वविद्यालय ऊर्जा अर्थतन्त्र अनुसन्धान केन्द्र डाइरेक्टर लिन बोकियाङका अनुसार यो अझै प्रयोगात्मक चरणमा रहको र व्यवसायिक चरणका प्रवेश गर्न अझै ३० वर्ष लाग्न सक्छ । चीनको हरित अर्थतन्त्र निर्माणको सपनालाई यसले साकार पार्न मद्दत गर्न सक्दछ ।

यसले फ्युजन प्रविधिबाट कृतिम सूर्य निर्माण गर्ने दिशामा बाटो खुला गरेको छ । चिनियाँ वैज्ञानिकहरू चिसो स्थानमा र हिउँदमा कृतिम न्यानो वातावरण निर्माण गर्नका लागि यसको उपयोग गर्न सकिने बताउँछन् । यो उर्जाको बैकल्पिक र भरपर्दो स्रोत बन्न सक्दछ ।

ग्लोबल टाइमका अनुसार थर्मो न्यूक्लियर रियाक्टर यो परियोजना विज्ञानको क्षेत्र स्पेस परियोजनाभन्दा पछीको दोस्रो ठुलो परियोजना मानिन्छ । यसमा चीन, इयु, भारत, दक्षिण कोरिया, रसिया र अमेरिका सङ्लग्न छन् । चीनले यसमा ९ प्रतिशत लगानी गरेको छ । चीनले यसमा अग्रणी सफलता हात लगाउँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु