२० श्रावण २०७८, बुधबार

सुदुरपश्चिम प्रदेशमा पाँच जना मन्त्री नियुक्त



१४ जेठ, धनगढी । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गरेको छ । प्रदेश सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

१४ जेठ, धनगढी । नेकपा (एमाले)ले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गरेको छ । प्रदेश सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीले राजीनामा दिएका छन् भने संसददीय दलका नेता प्रकाश शाह सहित ४ जना मन्त्री भएका छन् ।

नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओली पक्षिय स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले नेकपा (माओवादी केन्द्र)को सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

यस विषयलाई लिएर आन्तरिकविवाद बढिरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिएका छन् । राजिनामा दिनेहरूमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट रहेका छन् । राजिनामा लगत्तै एमालेबाट चार जना र माओवादी केन्द्रबाट एक जना मन्त्री नियुक्त भएका छन् ।

नेकपा (एमाले) बाट आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आन्तरिक मामिला मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का नववियुक्त भएका छन् । माओवादी केन्द्रबाट मानबहादुर धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

त्यस्तै चुनकुमारी चौधरी, मनाकुमारी साउँद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु