१५ आश्विन २०८०, सोमबार

(भारतमा) वामपन्थी आन्दोलनको असफलता


रजनी कोठारी
१४ जेष्ठ २०७८, शुक्रबार

वामपन्थी पङ्क्तिभित्र आन्दोलनकारी वेग एक हदसम्म त कायम रह्यो र विचारधारात्मक मुद्दामा पनि सरोकार त कायम रह्यो तर यी पार्टीमा सामाजिक रूपले उत्पीडित मानिसको प्रतिनिधित्व हुन सक्ने फराकिलो राजनितितिक व्यवहारको दायरा भने बन्नै सकेन ।

जाति–धर्म निरपेक्ष राजनीतिको तेश्रो धाराको रूपमा वामपन्थी राजनीतिक आन्दोलनमा विचार गर्ने वित्तिकै यो धारा पनि उदार लोकतान्त्रिक एवम् नविन सामाजिक आन्दोलनको धारा जस्तै वास्तविक सामाजिक परिवर्तनको निम्ति आधार प्रदान गर्न असफल रहेको छ । यसो हुनुको पहिलो कारण त, वामपन्थी आन्दोलनले धेरै अघि देखि नै आफ्नो आन्दोलनकारी चरित्र गुमाई सकेको थियो । सुरु सुरुमा वामपन्थी राजनीति व्यवस्थाको संस्थागत ढाँचामा अन्तर्निहित सम्भावनालाई उपयोग गर्ने आन्दोलनको रूपमा विकास होला भन्ने ठानिएको थियो । परन्तु व्यवहारमा त्यस्तो भएन । समयक्रममा जे भयो सब उल्टो भयो । संसद तथा निर्वाचन प्रक्रियामा उपलब्ध सम्भावनालाई दोहन गर्न यसले जन आन्दोलनलाई उपयोग गरेर फाइदा उठायो । वामपन्थी पङ्क्तिभित्र आन्दोलनकारी वेग एक हदसम्म त कायम रह्यो र विचारधारात्मक मुद्दामा पनि सरोकार त कायम रह्यो तर यी पार्टीमा सामाजिक रूपले उत्पीडित मानिसको प्रतिनिधित्व हुन सक्ने फराकिलो राजनितितिक व्यवहारको दायरा भने बन्नै सकेन । एकातिर त वामपन्थी आन्दोलन सांगठानिक रूपमा विखण्डित रह्यो, अर्को तिर जनवादी केन्द्रीयताको नाममा त्यसमा पत्थर जस्तो कट्टरता पनि बनी रह्यो । आन्दोलन भित्रको विभाजन पछि कतिपय हिस्सामा त तिनको चरित्र वहुलवादी रहँदै रहेन । तिनको सांगठानिक संरचनामा कहिल्यै कुनै जीवन्त लोकतान्त्रिक प्रक्रिया समावेश हुनै सकेन । लामो समय देखि र आजसम्म नै यस आन्दोलनको नेतृत्वमा उच्च जातिको वर्चश्व कायम रहेको छ । शैलीमा मात्र होइन, बौद्धिक पकडमा पनि यसको नेतृत्व ब्राम्हणवादी रही आएको छ । यो आज पनि राष्ट्रवादी धर्म निरपेक्ष पाण्डित्याईंको विकल्प दिनुको सट्टा त्यसैमा लिसो झैं टाँस्सिएको छ । विकास सम्बन्धी प्रतिमानको सन्दर्भमा पनि वामपन्थीहरू प्रगतिवाद र प्राध्यौगिकीकरणको खिचडी पकाको जस्तो रहेको प्रतित हुन्छ । जन आन्दोलनमार्फत् आफ्नो वैधता प्राप्त गर्न कोशिस गर्नुको साटो तिनीहरू संसदीय लोकतन्त्र र राष्ट्रवादी–धर्म निरपेक्ष ढाँचामा नै आफ्ना गतिविधि चलाउन मस्त छन् । यसले गर्दा उनीहरू यस व्यवस्थाको कुनै विकल्प दिन असमर्थ रहेका छन् । हालत यति खराव छ कि भाकपा तथा माकपा जस्ता वामपन्थी पार्टी पनि ‘आपतकालुको अनुभवका बावजुद पनि कांग्रेस–कम्युनिष्ट व्यूह रचनाबाट माथि उठ्न सकेनन्, जुन व्यूह रचना निर्माण गर्न मार्क्सवादी बुद्धिजीवि तथा सिद्धान्तकारहरूको प्रमुख भूमिका रहेको थियो । यी बुद्धिजीविहरुले उपलब्ध पद प्रतिष्ठालाई दुत्कार्न सकेनन् । कांग्रेससँग पूर्णतः मोहभङ्ग भई सकेपछि पनि जब जब दक्षिणपन्थी शक्तिसँग जुझ्न पर्दछ तब तब ती भित्रको एउटा ठुलो हिस्सा कांग्रेससँग अवसरवादी तालमेल बनाउन जुटी हाल्छ । कुनै महत्वपुर्ण क्रान्तिकारी विकल्प बनाउने त कुरै छोडी दिनुहोस्, व्यवस्थाको सिमा भित्र पनि कुनै दीर्घकालीन एवम् प्रभावकारी वामपन्थी विकल्प बनाउने काम पनि उनीहरूको प्राथमिकतामा पर्न छोड्यो ।

नक्सलवादी संगठनहरूमा पनि ग्रामिण एवम् क्षेत्रीय स्तरमा एक हदसम्म शानदार संघर्ष चलाई सकेपछि थकाईका लक्षण देखिन थालेका छन् । वर्ग शत्रु सफायको कार्यदिशा प्रति प्रतिवद्ध अतिवादी किसिमका माओवादी गुटहरूमा पनि ब्राह्मणहरू तथा ब्राह्मणवादीहरूको वर्चश्वको कारण किचलो हावी छ । मार्क्सवादी लेनिनवादी धाराका केही व्यक्ति र समुह आत्मनिर्णयको निम्ति चलाइएको क्षेत्रीय आन्दोलन तथा संघवादी आधारमा चलेका केही जातियतावादी आन्दोलनमा भागिदार हुन थालेका छन् ।

नक्सलवादी संगठनहरूमा पनि ग्रामिण एवम् क्षेत्रीय स्तरमा एक हदसम्म शानदार संघर्ष चलाई सकेपछि थकाईका लक्षण देखिन थालेका छन् । उनीहरूले पनि चुनावी मैदानमा पाइला टेकेका छन् । यी संगठनले पनि अधिकतर जसो उम्मेदवारमा द्विज तथा पछि परेका जातिका मानिस मध्येबाट नै छटनी गरेका छन् । वर्ग शत्रु सफायको कार्यदिशा प्रति प्रतिवद्ध अतिवादी किसिमका माओवादी गुटहरूमा पनि ब्राह्मणहरू तथा ब्राह्मणवादीहरूको वर्चश्वको कारण किचलो हावी छ । मार्क्सवादी लेनिनवादी धाराका केही व्यक्ति र समुह आत्मनिर्णयको निम्ति चलाइएको क्षेत्रीय आन्दोलन तथा संघवादी आधारमा चलेका केही जातियतावादी आन्दोलनमा भागिदार हुन थालेका छन् । यिनमा पंजाब, कश्मीर, अछाम तथा उत्तरपूर्वमा भइरहेका आन्दोलन पर्दछन् । दुई किसिमका जुझारु राजनीति मिलेर पनि यिनीहरू ज्वलन्त सामाजिक मुद्दासँग सुविदित हुन नाकाम रहेका छन् । वास्तवमा उत्पीडित एवम् समाजबाट बहिस्कृत सामाजिक समुहलाई यी शक्तिले उपेक्षा नै गरिरहेका छन् । यसको एक उदाहरण पंजाबमा देख्न सकिन्छ । त्यहाँ अनुसूचित जाति तथा धार्मिक शिखहरूको समर्थन आज पनि कांग्रेसलाई प्राप्त हुँदै आएको छ ।

वामपन्थी धारामा सम्भवतः एक मात्र अपवाद जाति–वर्गमा सामन्जस्यताको दावा गर्ने सत्यशोधक विचारधारा नै हो । परन्तु यसको पहिलो समस्या भनेकै यसको प्रभाव केवल महाराष्ट्रका केही जिल्लामा सिमित रहनु हो र त्यहाँ पनि महरा तथा अन्य अनुसूचित जाति–समुहबीच कामकाजी गठोजोड़ बनाउन असफल रहनु हो । सत्यशोधकहरूको दोश्रो समस्या भनेको उनीहरू माकपासँग आफ्नो पुरानो हिसाव किताब चुक्ता गर्न मै ज्यादा फँसिरहनु हो । उता माकपा भने जाति तथा जातिगत चेतनालाई राजनीतिक संगठनको वैध तरिकाको रूपमा स्विकार्न आग्रह गरिने यस्ता असन्तोषका कुनै पनि स्वरलाई सहन तैयार छैन । माकपा यस आधारमा निम्न तथा उत्पीडित जातिहरूमा राजनीति गर्नुमा बेचैनी महसुस गरेको जस्तो लाग्दछ । यसै कारण माकपाले सत्यशोधकहरू जस्तालाई तिरस्कार र उपेक्षा वाहेक के नै दिन सक्छ र ?! उता कुनै कुनै इलाकामा त सत्यशोधकहरूले शासक वर्ग, यहाँसम्म कि पुलिससँग पनि भित्रभित्रै हिमचिम गर्ने जस्तो अवाञ्छित कदम उठाउन पनि पुगेका छन् । समग्रतामा, मार्क्सवादी विचारधारामा सत्यशोधक जस्तो सुधारवादी प्रयास ग्रहण गर्ने कुनै गुञ्जायस रहेन । परिणाम स्वरुप त्यस्ता प्रयास र कमजोर धरातल हुँदा हुँदै पनि किसानहरूले गरेका संगठित प्रयास र पहलकदमी दक्षिणपन्थी प्रतिकृयावाद र स्थापित वामपन्थी शक्तिको दोहोरो मारमा पिसिनु परेको छ ।

यस स्थितिको नतिजा के निस्किन्छ भने दलित तथा अन्य उत्पीडित समुहमा जनचेतनाको ज्वार तेज भए पछि उत्पन्न भएको राजनीतिक प्रक्रियाको निश्चित वामपन्थी रुझान त छ तर त्यति हुँदा हुँदै पनि वामपन्थी आन्दोलन यस्ता सामाजिक तब्कामा आफ्नो जरा बिस्तार गर्न र त्यस माध्यमबाट व्यापक राजनीतिक दायरामा आफ्नो वर्चश्व कायम गर्नमा असफल रहेको छ । वास्तवमा उनीहरूको सट्टामा टिकैत, शरद जोशी र नाजुंदास्वामी जस्ता पूराका पुरा गैर–वामपन्थी तथा सामाजिक रूपले द्विजहरुका बीचबाट आएका शक्तिले घर गर्न पाए । दलितहरु प्रति गहिरो हमदर्दी राख्ने केही सम्वेदनशील बुद्धिजीवी तथा कार्यकर्ताले पनि यस्ता खाले मानिसहरुको पुच्छर समात्न पुगे । यस सम्बन्धमा गेल अम्वेडको उदाहरण दृष्टव्य छ । आजका दिनसम्म वामपन्थी आन्दोलन अर्थवादको शिकार बन्दै आएको छ । तिनको दुनियाँमा सामाजिक मुद्दालाई सचेतनतापूर्वक उपेक्षा गरिदै आइएको छ, जब कि सच्चाई चाहिँ के छ भने देश आजभोलि जुन राजनीतिक संकटको सामना गर्दैछ त्यस संकटको केन्द्रमा सामाजिक संकट नै छ । यस सामाजिक संकटको मर्म हो जात प्रथाको संकट । यही कारण हो कि एक नयाँ विचारधारात्मक आह्वानका साथ यस्तो हावा गुन्जिदै छ जो गान्धी, नेहरु, मार्क्स, लेनिन अथवा माओको नामबाट होइन बरु अम्बेडकरवादको नामले चिनिदै छ ।

उता पछौंटे तथा दलित समुदायबाट आएको उच्च शिक्षित तथा प्रभावशाली तप्का पनि ब्राह्मणवादको प्रभावबाट अछुतो भने रहन सकेको छैन । तिनीहरू निम्न मानिने जनसाधारण र मेहनतकश जनतालाई हताशाजनक हालतबाट छुटकारा दिलाएर उत्पीडितहरूको आन्दोलनको नेतृत्व गर्ने स्थितिमा आउन सकेका छैनन् । ब्राह्मणवादले ‘संस्कृतिकरण’को प्रक्रियाको माध्यमबाट विद्रोही चेतना कुल्ची दिन्छ ।

दुर्भाग्यबस् अम्बेडकरवादी अपील पनि भ्रम तथा फुटको शिकार भएको छ । झलक्क हेर्दा यसमा पनि ब्राह्मणवादी दशानन हावा भर्दै छ । आम समझदारीको विपरित ब्राह्मणवाद कुनै जडसुत्रीय वैचारिक संरचना होइन, तर यो बडो लचिलो ढंगले सक्रिय हुँदै नित्य रुपमा नयाँ नयाँ क्षेत्रमा वर्चश्व स्थापित गर्ने परियोजनामा लिप्त रहेको छ । यो नयाँ उदीयमान शक्तिलाई ढुकेर हमला गर्छ । यसको उदाहरण, १९९३–९४को क्रममा उत्तर प्रदेशमा भएको दलित विरोधी हिंसाको माहौलमा देख्न सकिन्छ । अर्को तिर यस विचारधारात्मक प्रवृत्तिले मध्यम तथा निम्न जातिका मानिसहरूलाई आफ्नो पक्षमा पार्न लिट्टी कसेर लागेको छ । उता पछौंटे तथा दलित समुदायबाट आएको उच्च शिक्षित तथा प्रभावशाली तप्का पनि ब्राह्मणवादको प्रभावबाट अछुतो भने रहन सकेको छैन । तिनीहरू निम्न मानिने जनसाधारण र मेहनतकश जनतालाई हताशाजनक हालतबाट छुटकारा दिलाएर उत्पीडितहरूको आन्दोलनको नेतृत्व गर्ने स्थितिमा आउन सकेका छैनन् । ब्राह्मणवादले ‘संस्कृतिकरण’को प्रक्रियाको माध्यमबाट विद्रोही चेतना कुल्ची दिन्छ ।

अम्बेडकरवादको यस प्रसारका पछि दलित आईएएस अधिकृतहरूको मुख्य भूमिका छ र तिनैलाई यसको ठुलो लाभ पनि भएको छ । यहीं कारण यस आन्दोलनले आरक्षण माथि अलिकति बढ्तै जोड दिएको छ । अर्को तिर, उच्च जातिकाहरू दलित उभार तथा मध्यम वर्गीय व्यवसायमा उनको प्रवेशबाट भयभित हुन थालेका छन् ।

अम्बेडकरवादी आन्दोलन पनि ब्राह्मणवादद्वारा गरिने यस आत्मसातिकरण ९ष्लतभचलबष्शिबतष्यल०को दुसाध्य रोगको शिकार भएका छ । शेड्युल्ड कास्ट फेडरेसन देखि लिएर रिपब्लिकन पार्टीसम्म आत्मसातिकरणको यो इतिहास देख्न सकिन्छ । आफुलाई दलित पेंथर (चितुवा) भन्नेहरू तथा आरक्षण समर्थक विविध आन्दोलनदेखि लिएर अम्बेडकरको नाममा ठुलो मात्रामा तीव्रताका साथ देखा परेका संगठनसम्मले यो समस्या भोग्नु परेको छ । हुनतः अम्बेडकरवादको यस प्रसारका पछि दलित आईएएस अधिकृतहरूको मुख्य भूमिका छ र तिनैलाई यसको ठुलो लाभ पनि भएको छ । यहीं कारण यस आन्दोलनले आरक्षण माथि अलिकति बढ्तै जोड दिएको छ । अर्को तिर, उच्च जातिकाहरू दलित उभार तथा मध्यम वर्गीय व्यवसायमा उनको प्रवेशबाट भयभित हुन थालेका छन् । तिनले समाचार माध्यममाथि आफ्नो पकड तथा ग्रामिण राजनीतिमा आफ्नो चालबाजिको सहारा लिएर यस समग्र परिघटनालाई जबर्दस्त जातिवादी लहरको रुपमा चित्रित गर्न लिट्टी कस्न थाली सकेका छन् । मुठभेड र हिंसाका स्थानीय घटनालाई यी जातीय युद्ध विस्फोट भएको भनेर चित्रित गर्दैछन् ।

कोठारी (१९२८–२०१५) आधुनिक भारतका एक उम्दा चिन्तक, राजनीतिशास्त्री, सिद्धान्तकार तथा प्राज्ञिक लेखक हुन् । प्रस्तुत लेख उनको ‘राजनीति की किताब’को ‘दलित उभार के मायने’ लाई चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले भावानुवाद गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको