२० श्रावण २०७८, बुधबार

भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुटिएकोमा राष्ट्रपतिद्वारा खेद ब्यक्त



१४ जेष्ठ, काठमाडौं । कोरोना संङ्क्रमितको मृत्युपछि बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि मृतकका आफन्तले गरेको कुटपिटप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले खेद व्यक्त गरेकी छन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक भएको उल्लेख गरेकी हुन् ।

ट्वीटरमा राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

भेरी अस्पतालमा उपचाररत दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो ।

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका मृतका भाई मानबहादुर रावतले आफ्ना दाइको मृत्यु भएपछि बिहीबार राति भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेका थिए । मृतकका छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहको समूह कुटपीटमा संलग्न रहेको खुलेको छ ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु