५ आश्विन २०७८, मंगलवार

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था चिन्ताजनक



१४, जेष्ठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था विग्रिए पछि काठमाडौंको ग्राण्डी अस्पतालमा विगत २४ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। ग्राण्डी अस्पतालका अनुसार थापाको अवस्था स्थिर रहेको छ।

पूर्व अध्यक्ष थापालाई कोरोनासँगै निमोनिया देखिएकोले अवस्था जटिल भएको अस्पतालले जानकारी दिएको छ । उनी करिब दुई साताअगाडिदेखि उपचाररत छन्।उनलाई ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल सार्ने विषयमा छलफल भइरहेको छ।

उनको थप उपचारका लागि रकम जम्मा गर्न गोफन्डलगायतबाट आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग संकलन गर्न सकिने बताएका छन्।

साथै खल्ती र ईसेवा एपबाट सहयोग गर्न अपिल गर्दै मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने जानकारी गराइएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको